‘बालबालिकासम्बन्धी ऐन कार्यान्वयनको अवस्था बुझ्न स्थलगत भ्रमण गरिने’
'बाल क्लबमा बालबालिकाको अवस्था के छ भनेर छलफल हुनेछ । साथै स्थानीय सरकारसँग पनि यो विषयमा छलफल गर्ने छौं ।’

राष्ट्रिय सभाकाे विधायन व्यवस्थापन समितिमा बालबालिकासम्बन्धी ऐन २०७५ को ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिकाे बैठकले ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गरेको हो ।
समिति सभापति तुलसाकुमारी दाहालले बालबालिकासम्बन्धी ऐन २०७५ को कार्यान्वयन मापन सम्बन्धमा स्थलगत भ्रमण गर्ने विषयमा छलफल भएको बताउनुभयाे । उहाँले दुई ठाउँमा स्थानीय भ्रमणको कुरा राखिएको जानकारी दिनुभयाे ।
‘बालबालिकासम्बन्धी ऐन २०७५ को कार्यान्वयन मापन सम्बन्धमा स्थलगत भ्रमण गर्ने विषयमा छलफल भएको छ, दुई ठाउँमा स्थानीय भ्रमणको कुरासमेत गरेका छौं,' उहाँले भन्नुभयाे, 'कोशी र मधेश प्रदेशमा त्यसैगरी लुम्बिनी र कर्णाली प्रदेशमा अनुगमन गर्ने छौं । त्यसमा तीनवटा विषयवस्तु केन्द्रित रहने छौं । बालबलिकासँग छुट्टै छलफल गर्छौं । स्थानीय स्तरमा बाल क्लबमा रहेका बालबालिकासँग छलफल गर्नेछौं । बाल क्लबमा बालबालिकाको अवस्था के छ भनेर समेत छलफल हुनेछ । साथै स्थानीय सरकारसँग पनि यो विषयमा छलफल गर्ने छौं ।’
उहाँले महिला शिक्षा शाखा र स्थानीय सरकारले बनाएका ऐनका बारेमा समेत मध्यनजर गरेर छलफल गरिने बताउनुभयाे । उहाँले प्रदेश तहमा प्रदेश सरकारले बालबालिकासम्बन्धी कस्तो खालको नीति बनाएका छन् र त्यो नीतिको कार्यान्वयनको अवस्था के छ भनेर बाल सहभागिताको विषमा छलफल गरिने समेत जानकारी दिनुभयाे ।

शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह

विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

प्रतिक्रिया