बिहीबार ०४ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

आमा (कविता)

नौ महिना कोखमा राखी जन्म दियौ आमा, जिन्दगानी दुई दिनको रैछ घामछायाँ

नौ महिना कोखमा राखी जन्म दियौ आमा
जिन्दगानी दुई दिनको रैछ घामछायाँ ।

दुःख कष्ट गरी हुर्काइदियौ अनि
संसारभरि मेरा सन्तान राम्रा हुन्छन् भनी।

भन्ने थियो यो मनमा सुख, खुसी दिन्छु
तिम्रो खुसी हेर्नलाई यो संसारै किन्छु ।

मलाई माफ गरिदेऊ आमा यदि केही गल्ती गरेछु भनी
तिम्रै मायाको आधारमा आजसम्म बाँचेको छु म नि ।

कहिले काहीँ तिम्रो मन दुखाइदिए होला
आफ्नै छोरी हो भनी माफ गरिदिनु होला ।

तिमीले गरेको गुणको रिन तिर्न नसकुँला
तर पछि तिमीलाई सुख र खुसी राखौंला ।

छोरी हुँ भन्दैमा गर्न सक्दिन नभन आमा
छोराजस्तै मिहिनेत गरेर समाजलाई देखाउँछु म ।

समाजले हेपे भन्दैमा तिमी नरोऊ आमा
तिम्रो लागि म छु नि त, सधैं हाँस आमा ।
 

आइसा कडरिया

(कक्षा ९, हाेली क्रस स्कुल, काँडाघारी, काठमाडाैं)