आमा (कविता)
नौ महिना कोखमा राखी जन्म दियौ आमा, जिन्दगानी दुई दिनको रैछ घामछायाँ
नौ महिना कोखमा राखी जन्म दियौ आमा
जिन्दगानी दुई दिनको रैछ घामछायाँ ।
दुःख कष्ट गरी हुर्काइदियौ अनि
संसारभरि मेरा सन्तान राम्रा हुन्छन् भनी।
भन्ने थियो यो मनमा सुख, खुसी दिन्छु
तिम्रो खुसी हेर्नलाई यो संसारै किन्छु ।
मलाई माफ गरिदेऊ आमा यदि केही गल्ती गरेछु भनी
तिम्रै मायाको आधारमा आजसम्म बाँचेको छु म नि ।
कहिले काहीँ तिम्रो मन दुखाइदिए होला
आफ्नै छोरी हो भनी माफ गरिदिनु होला ।
तिमीले गरेको गुणको रिन तिर्न नसकुँला
तर पछि तिमीलाई सुख र खुसी राखौंला ।
छोरी हुँ भन्दैमा गर्न सक्दिन नभन आमा
छोराजस्तै मिहिनेत गरेर समाजलाई देखाउँछु म ।
समाजले हेपे भन्दैमा तिमी नरोऊ आमा
तिम्रो लागि म छु नि त, सधैं हाँस आमा ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया