असल बच्चाहरू (बालकविता)
अहिंसा, प्रेम र सत्यकाे मार्गमा हिँड्ने, असत्यलाई सुन्नै नचाहने ।
आमा, बुबा, शिक्षक,
भगवान अगाडि शीर झुकाउने ।
मन्दिर, मस्जिद, चर्च,
गुरुद्वाराप्रति विश्वास राख्ने ।
अहिंसा, प्रेम र सत्यकाे मार्गमा हिँड्ने
असत्यलाई सुन्नै नचाहने ।
सबै धर्मप्रति सद्भाव राख्ने
हुरी, आँधी, वर्षाबाट नआत्तिने ।
साथी, छिमेकी, सहपाठीप्रति
असल व्यवहार गर्ने ।
शत्रुको नराम्रो नजरलाई
बेवास्ता गर्ने असल बच्चाहरू ।
चुरु-राजस्थान, भारत
प्रतिक्रिया