पुतलीकाे घर (बालकविता)
पुतली ए ! पुतली सानी राम्री पूतली, काेकाे आाउँछन् तिम्राे घर भन राम्री पुतली ।
पुतली ए ! पुतली
सानी राम्री पुतली,
तिम्रा घरमा काेकाे छन्
भन राम्री पुतली ।
फूलबारीमै जन्मिएँ
फूलबारी नै मेराे घर,
रङ्गीचङ्गी फूलले
भरिएकाे छ मेराे घर ।
पुतली ए ! पुतली
सानी राम्री पूतली,
काेकाे आाउँछन् तिम्राे घर
भन राम्री पुतली ।
मेराे सुन्दर घरमा
आइरहन्छन् भँमरा,
माैरी पनि आउँछन्
मह खाेज्दै बिचरा !
पुतली ए ! पुतली
सानी राम्री पुतली,
तिम्राे घर कस्ताे छ
भन राम्री पुतली ।
मालिनीकाे स्याहारले
सुन्दर छ मेराे घर
जाँगरिली फुर्तिली
मालिनी हुन् घरकाे भर ।
प्रतिक्रिया