विराटनगरमा बाल विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगरमा एक दर्जनभन्दा बढी देशको उपस्थितिमा बाल विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।
पूर्वाञ्चल विश्वाविद्यालयको शिक्षाशास्त्र संकायले पहिलो पटक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रममा भारत, अमेरिका, बेलायत, मलेसिया, बंगलादेश लगायतका देशहरुबाट प्रतिनिधिहरुको सहभागिता हुने बताइएको छ ।
आगामी मंसिर २१ र २२ गते हुने सम्मेलनमा बालबालिकाको हेरचाह र जिम्मेवारी, बालविकास सम्बन्धी पेशागत विकास र नैतिकता, प्रारम्भिक बाल्यकाल विकासजस्ता तीन दर्जन विषयमा छलफल चल्नेछ ।
कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरुको लागि कार्यशाला र प्रदर्शनी समेत चल्नेछ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया