शिक्षक माग्दै विद्यार्थीकाे प्रदर्शन
कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले बिहीबार बिहान नाराबाजी गर्दै विद्यालयको प्रवेशद्वारमा तालाबन्दी गरेका छन् ।

विषयगत शिक्षक माग गर्दै पर्साकाे कालिकामाई गाउँपालिका- १ मुड्लीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले बिहीबार बिहान नाराबाजी गर्दै विद्यालयको प्रवेशद्वारमा तालाबन्दी गरेका छन् ।
नयाँ शैक्षिक सत्र सुरु भएको ७ महिना बितिसक्दा पनि विद्यालयमा विज्ञान,सामाजिक,अर्थशास्त्र र अंग्रेजी विषयको विषयगत शिक्षक नियुक्त नगरिएकाे विद्यार्थीकाे गुनासाे छ । ‘हामीले हेडसर र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई शिक्षक व्यवस्था गरिदिन धेरैचाेटि भन्यौं तर उहाँहरूले चासो दिनुभएन,’ कक्षा १० का अमित गुप्ताले भन्नुभयाे ।
विद्यालय प्रशासनले चार महिना पहिले तीनजना विषयगत शिक्षक नियुक्तिका लागि आवेदनसहितको सूचना आह्वान गरेको थियो तर प्रधानाध्यापक राजेश तिवारी, वडाध्यक्षसेमत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु चौरसिया र सहायक प्रधानाध्यापक जयप्रकाश चौरसियाबीच भागबण्डा नमिल्दा शिक्षक नियुक्ति प्रकृया राेकिएकाे थियो ।
व्यवस्थापन समिति अध्यक्ष चौरसियाले विद्यालयमा विषयगत शिक्षकको अभाव रहेको र यसअघि विज्ञानलगायतका विषयगत शिक्षक नियुक्तिका लागि गरिएकाे विज्ञापन कुनै कारणवश स्थगित गर्नुपरेको बताउनुभयाे । उहाँले त्यसपछि फेरि विज्ञापन आह्वानका लागि पालिकाको शिक्षा शाखा प्रमुखबाट अनुमति लिने प्रक्रिया थालिसकिएको जानकारी दिनुभयाे ।

करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)

सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)

कक्षा १२ काे पुरक परीक्षा आजदेखि

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते

शिक्षा विधेयक सच्याउनुपर्ने निजी शैक्षिक संस्था सञ्चालकको माग

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रतिक्रिया