१४ वर्षमुनिका क्यान्सर बिरामीकाे उपचार नि:शुल्क
बालबालिकालाई अस्पतालले उपलब्ध गराउन सक्ने सबै सेवा र औषधी पनि नि:शुल्क गरिएकाे यो पहिलो चोटी हो ।
सरकारले १४ वर्षमुनिका बालबालिकाकाे क्यान्सर उपचार र औषधी नि:शुल्क गरेकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल विश्व बाल दिवसको अवसर पारेर बुधबार भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरकाे नि:शुल्क उपचार सेवा शुभारम्भ गर्नुभएकाे हाे ।
मन्त्री पौडेलले १४ वर्षमुनिका क्यान्सर बिरामीको उपचार र औषधीसमेत नि:शुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयाे । अहिलेसम्म औषधिसमेत नि:शुल्क हुने कुनै पनि सेवा राज्यले घोषणा नगरेको परिस्थितिमा आफूहरुले तयारीका साथ उक्त सेवा घोषणा गरेको बताउनुभयाे ।
‘बालबालिकालाई अस्पतालले उपलब्ध गराउन सक्ने सबै सेवा र औषधी पनि नि:शुल्क गरिएकाे यो पहिलो चोटी हो, औषधिसमेत नि:शुल्क हुने कुनै पनि सेवा राज्यले योभन्दा अगाडि घोषणा गरेको छैन, हामीले तयारीका साथ यो घोषणा गरेका छौं,’ मन्त्री पाैडेलले भन्नुभयाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनबमोजिम अस्पतालले १४ वर्षमुनिका क्यान्सर बिरामीहरुलाई मंसिर २ देखि निःशुल्क उपचार सेवा शुरु गरिसकेको छ ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया