बालबालिकाप्रति जिम्मेवार र सजग रहन आग्रह
'बालबालिकाको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव छ'

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति सजग रहन आग्रह गर्नुभएकाे छ ।
विश्व बाल दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव हुने बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘आजको दिन बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि हो । बालबालिका हाम्रा भविष्यका कर्णधार हुन् । उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले मात्र समाजको निर्माण सम्भव छ तर जलवायु परिवर्तन, गरिबी र सामाजिक असमानताजस्ता चुनौतीहरुले बालबालिकामा प्रभाव परिरहेको अवस्था छ ।’
साथै, उहाँले नेपाल सरकारको तर्फबाट बालबलिकाहरुको अधिकार सुनिश्चित गर्न र बालबालिकाको आवश्यकतालाई नीति तथा कार्यक्रममा समावेश गर्ने बताउनुभयाे । उहाँले जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयाे ।
उहाँले जलवायु परिवर्तनका कारण सम्बन्धित क्षेत्रका बालिकाहरुको सुरक्षित र स्वच्छ जीवनका लागि सरकारले प्रभावकारी नीति र कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताउनुभयाे ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया