बिहीबार ०४ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

एक दिनको पाठ (बाल कथा)

त्यसपछि अमन सरले सबैलाई कागज र रंग दिएर स्याउको चित्र बनाउन लगाउनुभयाे अनि स्याउबारे दुई-दुई वाक्य लेख्न भन्नुभयाे।

कक्षा ३ का शिक्षकले कक्षामा सेतो स्याउ लिएर प्रवेश गर्दै मुस्कुराउँदै सोध्नुभयाे, 'के कसैले यस्तो अनौठो स्याउ पहिले देखेका छौ ?' स्याउ देख्दा सबै विद्यार्थी चकित भए । उनीहरूको ध्यान पूर्ण रूपमा त्यहीँ केन्द्रित भयो ।

शिक्षकले विद्यार्थीहरूलाई स्याउबारे खुला रूपमा कुराकानी गर्न प्रोत्साहित गर्नुभयाे । सबैले आआफ्ना विचार उत्साहपूर्वक राखे । कसैले स्याउको स्वादको कल्पना गरे । कसैले यसको रंगरूपको वर्णन गरे। यसरी सहभागी हुँदै विद्यार्थीहरू आफ्ना विचार खुलस्त राख्न पाए।

त्यसपछि अमन सरले सबैलाई कागज र रंग दिएर स्याउको चित्र बनाउन लगाउनुभयाे । स्याउबारे दुई-दुई वाक्य लेख्न भन्नुभयाे । विद्यार्थीहरूमा उत्साह छाइरहेको थियो । सबै चित्र बनाउन र लेख्न व्यस्त भए ।

अन्तमा, शिक्षकले स्याउको वैज्ञानिक तथ्य र यसमा भएका पोषण तत्त्वहरू सरल भाषामा बताउनुभयाे ।

'स्याउ हाम्रो स्वास्थ्यका लागि निकै लाभदायक छ', उहाँले सम्झाउनुभयाे । सबैले स्याउलाई नयाँ दृष्टिकोणले बुझ्न थाले । त्यस दिनको पाठलाई सबै विद्यार्थीले मनमा गहिरो रूपमा सजाए।


सिद्धार्थटोल, उदयपुर ।

नन्दलाल आचार्य

बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर [email protected]