'बालबालिका र किशोरकिशोरीका समस्या समाधान गर्न उपयुक्त प्रबन्ध गर्छाैं'

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बालबालिका, किशोरकिशोरीसम्बन्धी समस्या समाधान गर्न उपयुक्त प्रबन्ध मिलाउने बताउनुभएकाे छ ।
राष्ट्रिय किशोरी तथा किशोर सञ्जालको भक्तपुरमा भएको राष्ट्रिय भेलाको निष्कर्ष हस्तान्तरण कार्यक्रममा उहाँले किशोरकिशोरीका समस्यासम्बन्धमा विभिन्न संघसंस्थाले दिएका सुझाव पूर्ण कार्यान्वयन गर्न आवश्यक छलफल गर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘प्रजातान्त्रिक वातावरणमा जनताका विचार, समस्या र चाहनाभित्र बालबालिका र किशोरकिशोरीका समस्यालाई विभिन्न क्लब वा संघसंस्थामार्फत आएका सुझाव पूर्ण कार्यान्वयन गर्न आवश्यक छलफल र बहसहरु गर्नेछौं । यसका लागि उपयुक्त प्रबन्ध मिलाउन संसदमा प्रभावकारी छलफल गर्नेछौं ।’
उहाँले सातवटै प्रदेशमा काम गरिरहेका क्लब वा संघसंस्था, किशोरकिशोरी र अल्पसंख्यकले व्यहोरिरहेका समस्याको विश्लेषण र सम्भावनामाथिको बहस हुनु जरुरी रहेको बताउनुभयाे ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया