आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

कस्तो भाषा बोल्न रुचाउँछ Gen Z पुस्ता ?

हाम्रो जस्तो बहुभाषिक देशमा बस्ने बालबालिकाले नेपाली मात्र होइन, अन्य मातृभाषा र अन्तर्राष्ट्रिय भाषाहरू पनि मिश्रण गरेर प्रयोग गरिरहेका छन् ।

सन् १९९७ देखि २०१२ सम्म जन्मिएकालाई Gen Z पुस्ता भनेर चिनिन्छ ।  

Gen Z पुस्ताले प्रायः फरक–फरक भाषा प्रयोग गर्छन्, जुन तिनको संस्कार, वातावरण र प्रविधिको पहुँचसँग जोडिएको हुन्छ ।

हाम्रो जस्तो बहुभाषिक देशमा बस्ने बालबालिकाले नेपाली मात्र होइन, अन्य मातृभाषा र अन्तर्राष्ट्रिय भाषाहरू पनि मिश्रण गरेर प्रयोग गरिरहेका छन् । हेरौं Gen Z बच्चाले प्रायः प्रयोग गर्ने भाषा र शैलीहरू :

नेपाली भाषामा Gen Z बच्चाहरू नयाँ शब्द र संक्षिप्त शब्दावली प्रयोग गर्छन् । जस्तै : छोटोमा ‘लभ यू,’ ‘ब्रो,’ ‘सुप ?’ आदि । 

फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पनि उनीहरू लघु भाषाशैली अपनाउँछन् । उनीहरू छोटकरीमा कुरा गर्छन्, इमोजी र भावनात्मक संकेत (GIF, memes) प्रयोग गर्दछन् ।

अंग्रेजीमा उनीहरुले LOL, OMG, BRB, IDK जस्ता संक्षिप्त शब्दहरू प्रयोग छन् । अंग्रेजीमा बनेका मिम्स, स्ल्याङ र छोटो वाक्य प्रयोग गरी कुराकानी गर्ने गरेको देखिन्छ ।

उनीहरुले नेपाली र अंग्रेजी मिलाएर पनि कुराकानी गर्ने गरेको हामी सुन्दछौं । यसलाई ‘नेप्लिस’ वा ‘हिङलिस’ भनिन्छ ।

उदाहरणका लागि : ‘कस्तो cool छ यो !’, ‘टिकटकमा explore गर्दै छु’, ‘आज mood नै खराब छ यार !’

यस्तो मिश्रित भाषाले उनीहरूको कुराकानीलाई थप सहज र रमाइलो बनाइरहेको हुन्छ ।

नेवारी, मैथिली, भोजपुरीजस्ता स्थानीय भाषा पनि बालबालिकाले प्रयोग गर्ने गरेका छन् । मातृभाषा बोल्ने बच्चाहरूले आफ्नो भाषालाई नेपाली वा अंग्रेजीसँग मिलाएर प्रयोग गर्ने गरेका छन् । कहिलेकाहीँ सामाजिक सञ्जालमा पनि उनीहरू यी भाषामा पोस्ट गर्छन् ।

Gen Z बच्चाहरूले इन्टरनेटमा लोकप्रिय भएका शब्द, संक्षिप्त रूप, इमोजी र GIF हरू प्रयोग गर्छन् । नयाँ–नयाँ चलनमा आएका शब्दहरू जस्तैः vibe, simp, lit, no cap आदि उनीहरूले चाँडै टिप्ने गरेका छन् ।

इमोजीहरूबाट भावनालाई संकेत गर्ने, इमोजीको माध्यमबाट छोटकरीमा संवाद गर्न उनीहरू निकै सिपालु हुन्छन् ।

Gen Z को भाषा र शैली उनीहरूको प्रविधिमैत्री वातावरण, विश्वव्यापी सामग्रीसँगको पहुँच र सांस्कृतिक विविधतामा आधारित छ । यसले उनीहरूको भाषालाई समयसापेक्ष र सहज बनाएको छ ।