१६ लाख किशोरीलाई पाठेघरको मुखकाे क्यान्सरविरुद्ध खोप लगाइने
माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने स्वास्थ्य मन्त्रालयको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभर निःशुल्क खोप लगाउने भएकाे छ ।
आगामी माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियानअन्तर्गत देशैभरका किशोरीलाई खोप दिइनेछ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार गरेकाे मन्त्रीस्तरीय यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९ सय किशोरी लाभान्वित हुने छन् ।
हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गैरहेको मन्त्रालयको तथ्यांक छ ।
किशोरीहरुलाई भविष्यमा हुनसक्ने क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयाे । 'हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं, उहाँले भन्नुभयाे, ‘किशोरावास्थामै खोप दिन सकिए धेरैकाे ज्यान जोगाउन सकिन्छ भनेर अभियान चलाउने निर्णय गरेका हौं ।’
मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय भएकाे जानकारी दिनुभयाे । जसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकाले समेत यो खोप लगाउन पाउनेछन् ।
आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयाे ।

सार्वजनिक स्थानमा धूम्रपान गरे पाँच सय जरिवाना (भिडियाे)

वर्षायाममा बालबालिकाको स्वास्थ्य कसरी जाेगाउने ?

फलामे खोरभित्र गुम्सिएकाे पवनकाे खुसी

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो
‘बच्चा र ठूला मान्छेमा एन्जाइटी र डिप्रेसनका लक्षण फरक हुन्छन्' (भिडियाे)
‘बच्चामा पनि न्युरोलोजिकल समस्या देखा पर्छन्’

बालबालिकालाई याेग र ध्यान किन गराउने ?

प्रतिक्रिया