बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तर्क्रिया
पुस्तक नीतिको मस्यौदालाई बहुपक्षीय छलफल गरी आवश्यकता अनुसार परिमार्जनसहित स्वीकृत गरिने शिक्षामन्त्रीकाे भनाइ
विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा लेखक, प्रकाशक, अनुवादकलगायत सम्बद्ध सरोकारवालाबीच मंगलबार अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०६४ सालदेखि अध्ययन गरी तयार पारिएको पुस्तक नीतिको मस्यौदालाई बहुपक्षीय छलफल गरी आवश्यकता अनुसार परिमार्जनसहित स्वीकृत गरिने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रुम टु रिडको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा बालपुस्तक विकास तथा छनोटसम्बधी मापदण्ड २०८१ माथि पृष्ठपोषण संकलन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय पुस्तक नीति २०८१ माथि अन्तर्क्रिया गरिएको थियो ।
अन्तर्क्रियामा पुस्तक लेखन र प्रकाशनलाई व्यवस्थित गर्दै सिक्ने सिकाउने कुरालाई संस्कारका रूपमा विकास गर्न विविध सुझाव प्राप्त भएका छन् । प्राप्त सुझावलाई समेटेर राष्ट्रिय पुस्तक नीतिलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, प्राध्यापक, लेखक, प्रकाशक, वितरक, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया