कला र संस्कृति (कविता)
कला नै हाम्रो मान हो, संस्कृति नै हाम्रो पहिचान भो !
हाम्रो आफ्नै कला छ
हाम्रो आफ्नै संस्कृति छ
आफ्ना कला, संस्कृतिलाई जोगाउनुपर्छ
कला र संस्कृति हाम्रो मान हो
यही हाम्रो पहिचान भो
कला र संस्कृति भनेको
हामीले लगाउने पोसाक हो
हामीले गाउने गीत र नाच्ने नृत्य हो
यसले गर्दा हाम्रो पहिचान बनेको छ
यसले गर्दा हाम्रो मान र शान बढेको छ
कला नै हाम्रो मान हो
संस्कृति नै हाम्रो पहिचान भो ।
प्रतिक्रिया