आइतबार ०७ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

‘बच्चा हुँदाहुँदै पनि बच्चा हुन नपाएको जस्तो बाल्यकालकाे अनुभव छ मेरो’ (भिडियाे)

सानैदेखि पढ्नमा तेज अधिकारीले डाक्टर बन्ने सपना देख्नुभएको थियो तर भिन्न क्षेत्रमा करिअर बनाइरहनुभएको छ ।

 

केकी अधिकारी नेपाली चलचित्र उद्योगमा स्थापित अभिनेत्री, मोडल र निर्माता हुनुहुन्छ । 

सानैदेखि पढ्नमा तेज उहाँले डाक्टर बन्ने सपना देख्नुभएको थियो तर भिन्न क्षेत्रमा करिअर बनाइरहनुभएको छ ।

सन् २०१० मा 'स्वर' चलचित्रबाट डेब्यु गरेपछि उहाँले थुप्रै सफल चलचित्रमा अभिनय गर्नुभएकाे छ । उहाँका लोकप्रिय चलचित्रहरूमा ‘बोक्सीको घर’, ‘आई एम सरी’, ‘छ माया छपक्कै’, ‘लभ साशा’, ‘राज्जा रानी’, ‘कोहलपुर एक्सप्रेस’ आदि पर्दछन् ।

चलचित्रमा उहाँ विविध प्रकारका भूमिकामा देखिनुभएको छ, जसले उहाँको अभिनय क्षमतालाई दर्शकसामु राम्रोसँग प्रस्तुत गरेको छ । ‘बोक्सीको घर’ उहाँको पछिल्लो सफल चलचित्र हो । याे चलचित्र नेपाली समाजमा व्याप्त बोक्सीविद्याको अन्धविश्वासमा आधारित रहेर महिलाविरुद्ध हुने हिंसाको मुद्दामा केन्द्रित छ।

बाल अधिकार, महिला सशक्तीकरण र मानसिक स्वास्थ्य जस्ता विषयमा विशेष रुचि राख्ने अधिकारीले आफ्ना सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममार्फत यी मुद्दाहरूलाई सम्बोधन गर्दै युवालाई सकारात्मक प्रेरणा दिने प्रयास गरिरहनुभएको छ । उहाँ  बालबालिकासँग समय बिताउन र उनीहरूलाई प्रोत्साहित गर्न रुचाउनुहुन्छ ।

आफ्नोे बाल्यकाल, बाल्यकालका सपना, वर्तमानको संघर्ष, अभिनय यात्रा आदिका बारेमा उनै बहुप्रतिभाशाली अभिनेत्री अधिकारीसँग ललितपुरको बागडोलस्थित पाठशाला स्कुलकी छात्रा अश्विना चुडालले गर्नुभएको संवाद ।