सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

पेन्टिङ गर्नुको मज्जा (भिडियाे)

पेन्सिल, कलम प्रयोग गरेर आफूलाई मन परेको वस्तुको चित्र कोर्नु कला हो । त्यसलाई चित्रकला भन्छौं ।

भाइबहिनीहरू तपाईंहरूले पक्कै पनि चित्र कोर्ने गर्नुभएको छ । अक्षर पनि चित्रकला नै त हो । क देखि ज्ञ सम्म, अ देखि अं, अः सम्म, ए देखि जेड सम्म, एक देखि दस सम्म सबैले लेख्नैपर्छ । 

कसैले त्यही अक्षर साँच्चै आकर्षक ढङ्गले लेख्नुहुन्छ । कसैले सामान्य बुझिने गरी लेख्नुहुन्छ । लेख्नु पनि कला हो । साधा पेन्सिलले लेख्दा र मसी भरिएको कलमले लेख्दा अक्षरको आकार उस्तै भए पनि रंग फरक देखिन्छ । 

रंगीन पेन्सिल, कालो, नीलो, रातो, पहेँलो रंगको मसीले भरिएको कलमले लेख्दा साँच्चै आकर्षक देखिन्छ । त्यही पेन्सिल, कलम प्रयोग गरेर आफूलाई मन परेको वस्तुको चित्र कोर्नु कला हो । त्यसलाई चित्रकला भन्छौं । 

अक्षर लेख्नेदेखि चित्र कोर्ने काम स्कुलमा सिक्छौं । घरमा सिक्छौं । अझ चित्रकला सिकाउने संस्थामा गएर सिक्न सक्छौं । यतिखेर हामी ललितपुरको पाटनढोकामा रहेको स्किल ट्युटर संस्थामा पुगेका छौं । यहाँ साना बालबालिकालाई चित्रकलाको प्रशिक्षण दिइन्छ । 

चित्रकला सिक्दै गर्नुभएकी समृद्धि खड्काको शब्दमा पेन्टिङ गर्नुको छुट्टै मज्जा हुन्छ । ‘आफूले परिकल्पना गरेको चित्रहरू बनाउने हो,’ उहाँ भन्नुहुन्छ, ‘युट्युब सर्च गरेर पेन्टिङ कसरी गर्ने सिक्न सकिन्छ । पेन्टिङको प्रकारहरू सिक्न सकिन्छ ।’

समृद्धिले भन्नु भएजस्तै चित्रकलाका अनेक विषय हुन्छन् । मानवसंसारले सिर्जना गरेका विषयहरू हुन सक्छन् । प्रकृतिले निर्माण गरेका वस्तुहरूको पेन्टिङ सदाबहार हुन सक्छ । 

चित्रकला प्रशिक्षक विजय लावती बालबालिकालाई चित्रकला सिकाउन ज्यादै रमाइलो लाग्छ भन्नुहुन्छ । उहाँहरूमा जिज्ञासा, रुचि, चासो अनि सिर्जनात्मकता ज्यादै धेरै हुन्छ । ‘बच्चाहरू जति ठूला हुँदै जान्छन्, उनीहरूमा सिर्जनात्मक क्रियाकलापहरू उति नै घट्दै गएको पाइन्छ,’ उहाँको भन्नुहुन्छ, ‘उनीहरूको सिर्जनात्मकता जोगाइ राख्न आर्ट एण्ड क्राफ्ट सिकाइरहन र सिक्ने वातावरण निर्माण गर्नुपर्छ ।’

स्किल ट्युटर पाटनढोकाले बालबालिकाले सिर्जना गर्नुभएको चित्रकलाहरूलाई प्रदर्शनीमा राख्ने गरेको  छ । चित्रकला प्राकृतिक दृश्य, भौगोलिक अवस्थिति, पर्यावरण, पर्यावरणचक्र सदाबहार विषय हुन् । 

त्यसो त विज्ञान र प्रविधिको विकासले मान्छेको कल्पना बाहिरको विषयहरू सिर्जना हुने गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मान्छेले परिकल्पना गरेका प्रायः सबैजसो कलालाई चाहेअनुसारको उतार्न सहयोग गर्छ ।