जेन जी – प्रविधिसँग अभ्यस्त पुस्ता
Gen Z आजको पुस्ता हो । यो जेनेरेसन जेड (Generation Z) को छोटो रूप हो ।
जेन जी (Gen Z) आजको पुस्ता हो । यो जेनेरेसन जेड (Generation Z) को छोटो रूप हो ।
हाम्रो पुस्ता 'जेन जी' हाे भने हाम्रा आमाबुवाको पुस्ताचाहिँ 'जेन एक्स' हो । उहाँहरू अघिल्लो पुस्तासँग बढी अभ्यस्त हुनुहुन्छ । प्रविधिसँग धेरै अपडेट हुनुहुन्न । उहाँहरूलाई स्पष्ट रूपमा आफ्ना बच्चाहरूको रुचि र भाषिक कोडहरू पनि थाहा छैन ।
हामीले बोल्ने र बुझ्ने भाषा पनि उहाँहरुले प्रयोग गर्दै आएको भन्दा अलि फरक छ । उदाहरणका लागि– 'क्याप' (CAP) । हाम्रा अभिभावकले यसको अर्थ टाउकामा लगाउने टोपी भन्ने बुझ्नुहुन्छ तर हाम्राे पुस्ताले यसलाई 'झूट' भन्ने अर्थमा प्रयोग गर्छ ।
हामी भाषाका छोटकरी रुप बढी प्रयोग गर्छाैं । मुख्यत: छोटा शब्दहरूकै लागि Gen Z परिचित छ । जस्तै : lol (laugh out loud), brb (be right back), GG (Good Game) आदि ।
Gen z प्रविधिमा अपडेट र उन्नत छ । हाम्रो यो पुस्ता धेरै अनलाइन गेमहरूमा रमाउँछ । हामीले खेल्ने धेरै खेलहरू छन्, जस्तै Fortnite, Minecraft, PUBG, BGMI, Free Fire, Roblox आदि ।
इ–स्पोर्टसकै माध्यमबाट हाम्रो देशले अन्तर्राष्ट्रिय स्तरमा पहिचान पनि बनाउन थालेको छ । पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिप २०२२ मा नेपाली टिमहरुले दोस्रो, तेस्रो र पाँचाैं स्थान हासिल गरेका थिए । इ–स्पोर्ट्समा मात्रै होइन, अरु शारीरिक खेलहरूमा पनि हाम्रो पुस्ता उत्तिकै रमाउँछ ।
हाम्रो र हाम्रा अभिभावकको रुचि र काम गर्ने शैली पनि फरक छ ।
जस्तो : लेख्नका लागि उहाँहरूलाई सामान्य बल–पेन भए काम चल्छ, हामी फाउन्टेन पेन मन पराउँछाैं । कारको झ्याल खोल्न र बन्द गर्न उहाँहरू रेगुलेटर घुमाउन थाल्नुहुन्छ, हामी सिधै बटन थिचेर खोल्छाै ।
क्राइङ इमोजी 😭 को अर्थ चिच्याएर रुनु हुन्छ तर Gen Z अर्थात् हाम्रो पुस्ताले यसलाई धेरै हाँस्दा हाँस्दा आउने आँशुको रुपमा बुझ्छ ।
त्यस्तै स्कल इमोजी 💀 को अर्थ मृत्यु जनाउनु हुन्छ तर हाम्रो पुस्ताले यसलाई 'हाँस्दाहाँस्दै मरेँ' भन्ने हल्का अर्थमा बुझ्छ ।
Gen Z प्रविधिमैत्री आधुनिक पुस्ता हो ।
प्रतिक्रिया