शुक्रबार ०५ बैशाख, २०८२

नेपाली समय

Facebook Live Youtube Live

आऊ मेरो साथी (बाल कविता)

इन्द्रेणीलाई हेरेर सातै रङ्ग गनेर– उडाैं बादल माथि आऊ मेरो साथी

आऊ मेरो साथी
उडौं बादल माथि
कहिले चरा बनेर
कहिले पुतली बनेर

इन्द्रेणीलाई हेरेर
सातै रङ्ग गनेर
खुसी हुँदै फर्केको
बादलुलाई छोएर

कहिले चङ्गा बनेर
कहिले चरा बनेर
उडौं माथि माथि
आऊ मेरो साथी ।
 


(दुवाकाेट, भक्तपुर)
 

निशा मगर

(निशा बाल साहित्यका विभिन्न विधामा कलम चलाउन रुचाउनुहुन्छ ।)