आइतबार ०२ कात्तिक, २०८२

नेपाली समय

Facebook Live Youtube Live

बालापन (बाल कविता)

कस्तो हुने रैछ ओहो बाला उमेरमा– रमाउँदै दिन बित्ने स्वप्न संसारमा

चरी बनी भुरुरु
उड्न पाए हुने
आकाशका जून तारा
छुन पाए हुने ।

रङ्गीचङ्गी फूलबारीमा
उड्ने भमराको
बुई चढी फूलका थुङ्गा
चुम्ने चाहना भो ।

जे–जे देख्यो, जे–जे सुन्यो
बन्न मन लाउने
राम्रो नाना मिठो खाना
खान मन लाउने ।

कस्तो हुने रैछ ओहो
बाला उमेरमा
रमाउँदै दिन बित्ने
स्वप्न संसारमा ।

सविता मैनाली

(शिक्षण पेसामा आबद्ध मैनाली साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ ।)