बालापन (बाल कविता)
कस्तो हुने रैछ ओहो बाला उमेरमा– रमाउँदै दिन बित्ने स्वप्न संसारमा
चरी बनी भुरुरु
उड्न पाए हुने
आकाशका जून तारा
छुन पाए हुने ।
रङ्गीचङ्गी फूलबारीमा
उड्ने भमराको
बुई चढी फूलका थुङ्गा
चुम्ने चाहना भो ।
जे–जे देख्यो, जे–जे सुन्यो
बन्न मन लाउने
राम्रो नाना मिठो खाना
खान मन लाउने ।
कस्तो हुने रैछ ओहो
बाला उमेरमा
रमाउँदै दिन बित्ने
स्वप्न संसारमा ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया