तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन मंसिरमा
सम्मेलन आगामी मंसिर १४ र १५ गते (नोभेम्बर २९ र ३०) मा होटल हायत रिजेन्सीमा हुनेछ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन काठमाडौंमा गर्ने भएको छ । सम्मेलन आगामी मंसिर १४ र १५ गते (नोभेम्बर २९ र ३०) मा होटल हायत रिजेन्सीमा हुनेछ ।
यो सम्मेलन शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरूका लागि लक्षित रहेको प्याब्सनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने उपायहरूको खोजी गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताउनुभएको छ । उहाँले सम्मेलनमा विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण र शैक्षिक नृतृत्वको सुदृढीकरणसम्बन्धमा महत्वपूर्ण सुझाव लिइने जनाउनुभयो ।
अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन निजी क्षेत्रको प्रयास निरन्तर रहेको प्याब्सनले जनाएको छ ।
‘नेपाली अभिभावकले छोराछोरीलाई विद्यालय शिक्षाका लागि विदेश लैजानुपर्ने बाध्यता हटेको छ,’ प्याब्सनका अध्यक्ष ढुंगानाले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘सरकारले निजी क्षेत्रको शैक्षिक संस्थाहरूको प्रयासअनुसार साथ दिएमा आउने दश वर्षभित्र हजारौं विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण निर्माण हुनेछ । त्यसतर्फ पनि यो सम्मेलन लक्षित गरिएको छ । नीति निर्माण तहले ग्लोबलाइजेसनलाई बुझ्न जरुरी छ । हामी नेपालीपनसहितको आधुनिक शिक्षा प्रवद्र्धन गर्ने लक्ष्य प्राप्तिमा हरपल जुटिरहेका छौं ।’
सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, भियतनामलगायत मुलुकका शिक्षाविदहरू तथा शिक्षाकर्मीहरूको सहभागिता रहनेछ । दुई दिने सम्मेलनमा १२ वटा भन्दा बढी सेसन सञ्चालन हुनेछन् ।

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रिन्सिपलद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट

शिक्षक महासंघकाे पहिलाे चरणकाे आन्दाेलन सुरु
_hSBCLrVkQp_80oqtyak0t1eu0yd8cgx2ffwlsffzszgtmy8tzljvveaiyldflqlyi66tyxg_rV9wP7ET3c_nmorwtgqoa9uwuvxwdfavbeahy5lzigw0iotauryvxdzf5ydvftt4aieucsl.jpeg)
शिक्षा विधेयककाे विराेधमा शिक्षक महासंघद्वारा आन्दाेलन घाेषणा

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
_dGnKEbOccv_vjvmmjzmdn0alnjkqr4eyiwocueudtuaeqq56qyrszjuj9o1moyxik7pvzuh_hR1aUYPe6h_ibc0srhbl7eh29uwzoorauywtlhmphscfbsx5qawcsnbmcpznkxmnzlixhvk.jpeg)
निजी विद्यालय सञ्चालककाे प्रदर्शन : 'गैरनाफामूलक चाहिँदैन, पूर्ण छात्रवृत्ति ला…

प्रतिक्रिया