कसरी गर्ने अनरिडल एआईको प्रयोग ?
यदि जटिल खालको कुनै डकुमेन्ट बुझ्न सकिएको छैन, त्यसमा प्रश्न छन् भने यो एआई टुलमार्फत आफूलाई आवश्यक जानकारी सजिलै लिन सकिन्छ ।

अनरिडल एआई (Unriddle AI) अनुसन्धान र लेखनका लागि प्रयोग गरिने एआई टुल हो । यो अनुसन्धानकर्ता र विद्यार्थीका लागि उपयोगी मानिन्छ ।
यदि जटिल खालको कुनै डकुमेन्ट बुझ्न सकिएको छैन, त्यसमा प्रश्न छन् भने यो एआई टुलमार्फत आफूलाई आवश्यक जानकारी सजिलै लिन सकिन्छ ।
डकुमेन्ट प्राप्त भएपछि यसले तपाईंको प्रश्न अनुसारको मुख्य बुँदा संकलन गर्छ र जानकारी दिन्छ । साथै लेख र शोधलाई अझ राम्रो बनाउन पनि यसले सहयोग पुर्याउँछ । एआई प्रयोग गरेर अनरिडलले तपाईंको लेखको आशय बुझ्छ र अटोमेटिक रूपमा त्यससम्बन्धी अघिल्ला लेख उपलब्ध गराउँछ ।
कुनै विषयबारे थप जानकारी खोज्न पनि यसले मद्दत गर्छ । अनरिडलले तपाईंलाई अर्को कुनै वेब पेजमा जान, त्यहाँको सूचनालाई संक्षेपीकरण गर्न र सारांश प्राप्त गर्न सहयोग गर्छ । यसबाट कुनै पनि ठूलो लेखको सारांश पनि निकाल्न सकिन्छ ।
यो एपमा मुख्य दुई भाग हुन्छ, पहिलो भागमा तपाईंले अपलोड गर्ने सामग्री हुन्छन्, दोस्रो भागमा त्यसबारे प्रश्न गर्न सकिने एआई हुन्छ । नोेट राख्नका लागि तेस्रो भाग पनि जोड्न सकिन्छ ।
सर्वप्रथम कुनै डकुमेन्ट, पीडीएफ, कपी गरिएको टेक्स्ट अपलोड गर्ने, अर्को भागमा एक्स्प्लोर गर्ने । त्यसपछि आफ्ना प्रश्नहरुको राखेर उत्तर संकलन र कुनै शोधकार्य पूरा गर्न सकिन्छ ।

के हो हाइड्रोजन ग्यास ? कसरी हुन्छ विष्फाेट ? (भिडियाे)

चीनले कसरी ल्यायो चन्द्रमाबाट माटो ?
अरुण र बरुण ग्रहमा जान किन सम्भव छैन ?

जेन जी – प्रविधिसँग अभ्यस्त पुस्ता
पत्नीका लागि बनाएका थिए ग्राहम बेलले टेलिफोन

२४३ भाषामा गुगल ट्रान्सलेट सुविधा
_FFlEJbOF2p_ef0qn9pytmvavljtsknhwuirxpskwi4wvj8yte2pjoaoir2atlciykdid5lu_BETsn68PwO_pnxqz7n1zsss4fyfw2k33uiay6pmsypm1jnykcm48nfniobfc7zwu89wllwf.jpg)
सौर्यमण्डल बाहिर गरिएको सबैभन्दा ठूलो एलियन खोज

प्रतिक्रिया