२४३ भाषामा गुगल ट्रान्सलेट सुविधा

कुनै शब्द, वाक्य, अनुच्छेददेखि निश्चित लेखसम्मलाई एक भाषाबाट अर्को भाषामा अनुवाद गर्न गुगल ट्रान्सलेट प्रयोग गर्न सकिन्छ । सर्च इन्जिन गुगलले विभिन्न भाषामा यस्तो सुविधा दिने गरेको छ ।
सुरुवातमा १३३ वटा भाषा यसमा समावेश थिए । सन् २०२४ मा संसारका विभिन्न ठाउँमा बोलिने १ सय १० वटा नयाँ भाषा थप भएका छन् । नेपालबाट नेपाली र नेपाल (नेवारी) भाषा यसमा समावेश छन् ।
गुगल ट्रान्सलेट कम्युटर, मोबाइल सबैमा प्रयोग गर्न सकिन्छ । पछिल्लो समय विभिन्न भाषामा भएका जानकारी, ज्ञानलाई आफूले जानेको भाषामा उल्था गर्न यो उपयोगी बन्दै गएको छ ।
यद्यपि, कहिलेकाहीँ गुगल ट्रान्सलेटले कुनै शब्दको आशय गलत वा अर्थ अर्कै पनि दिन सक्छ । त्यसैले यसको अनुवादमा पूरै भर पर्न भने सकिँदैन । तर, अनुवाद भएपछि त्यसलाई पढेर भन्न खोजिएको कुरा सहजै अनुमान भने गर्न सकिन्छ ।
यो सेवा सुरु हुँदाताका अनुवाद गर्ने क्रममा धेरै गल्तीहरू देखिएका थिए । तर, पछिल्लो समय गुगलले आफ्नो सेवा सुधार्दै लगेको छ । अझ राम्रो सेवाका लागि कुनै भाषामा रहेको सामग्रीलाई पहिला अंग्रेजीमा अनुवाद गरी आफूले चाहेको भाषामा अनुवाद गर्न सकिन्छ ।

के हो हाइड्रोजन ग्यास ? कसरी हुन्छ विष्फाेट ? (भिडियाे)

चीनले कसरी ल्यायो चन्द्रमाबाट माटो ?
अरुण र बरुण ग्रहमा जान किन सम्भव छैन ?

जेन जी – प्रविधिसँग अभ्यस्त पुस्ता
पत्नीका लागि बनाएका थिए ग्राहम बेलले टेलिफोन

कसरी गर्ने अनरिडल एआईको प्रयोग ?
_FFlEJbOF2p_ef0qn9pytmvavljtsknhwuirxpskwi4wvj8yte2pjoaoir2atlciykdid5lu_BETsn68PwO_pnxqz7n1zsss4fyfw2k33uiay6pmsypm1jnykcm48nfniobfc7zwu89wllwf.jpg)
सौर्यमण्डल बाहिर गरिएको सबैभन्दा ठूलो एलियन खोज

प्रतिक्रिया