मुसो जत्रै मुसो (बाल कविता)
जङ्गलबाट आत्तिँदै छोरो घर आयो
बाबासँग उसले एउटा ठुलै गफ लायो
‘आज मैले देखेँ बाबा बाघ जत्रो मुसो’
बाले भने, ‘फेरि भन देख्यौ कत्रो मुसो ?’
यसो भन्दा बाको थियो डाँको अलि चर्को
डराएर त्यो छोराले दियो उत्तर अर्को
‘बाघ जत्रो थिएन बा कुकुर जत्रो थियो’
बाले चर्को स्वरमा भने, ‘मुसो कत्रो थियो ?’
बाले यसो भनेपछि छोरो अलि थर्क्यो
आत्तिएर त्यो छोराले दियो उत्तर अर्को
‘कुकुर हैन बिरालाको आकार थियो जत्रो
मैले देख्या मुसो चाहिँ थियो बाबा त्यत्रो’
पालै-पालो बाको प्रश्न आयो लर्कै-लर्को
पल्टैपिच्छे भन्यो उसले उत्तर अर्को-अर्को ।
त्यो छोराले अब भने सही उत्तर दियो
‘मुसो जत्रै थियो तर अल्लि ठूलो थियो’
बालाई चित्त बुझ्यो अनि उसलाई काखमा लिए
‘साँचो बोल्नुपर्छ’ भन्दै मिठाई चकलेट दिए ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया