रमाइलोसँग विपरीत शब्द सिकौं (भिडियाे)
गैंडाकोटस्थित ज्ञानकुञ्ज इंग्लिस बोर्डिङ स्कुलकी शिक्षिका सुस्मिता सुनारी मगरले नानीबाबुहरुलाई ठूलो र सानो, माथि र तल, रातो र नीलो, खुसी र दुःखीजस्ता आधारभूत विपरीत शब्दहरू सिकाउन Opposite Word Book बनाउनुभएको छ ।
तपाईं आफ्ना बालबच्चालाई रमाइलोसँग सिकाउन चाहनुहुन्छ ? वा तपाईंका नानीबाबुले रमाइलो गर्दै सिक्न खोज्दै हुनुहुन्छ ?
यस भिडियोमा हामी बच्चाहरूलाई सरल, सहज र आकर्षक तरिकाले विपरीत शब्द (Opposite Word) सिकाउँदै छौं ।
नवलपरासीको गैंडाकोटस्थित ज्ञानकुञ्ज इंग्लिस बोर्डिङ स्कुलकी शिक्षिका सुस्मिता सुनारी मगरले नानीबाबुहरुलाई ठूलो र सानो, माथि र तल, रातो र नीलो, खुसी र दुःखीजस्ता आधारभूत विपरीत शब्दहरू सिकाउनु हुनेछ । उहाँले Opposite Word Book बनाउनुभएको छ । यही किताबका माध्यमबाट उहाँले चित्रहरु देखाउँदै सजिलाेसँग पढ्न सिकाउनुहुनेछ ।
गैंडाकोट–४ मा बस्ने उहाँ कागजबाट थुप्रै चिजहरु बनाउन पनि सक्नुहुन्छ । उहाँले बनाउनुभएका अन्य क्राफ्टहरू हामी अर्को भिडियोमा देखाउनेछाैं ।
यो भिडियोले नानीबाबुलाई रमाइलोसँग शब्दहरू सिक्न र दृश्यात्मक उदाहरणहरूको सहायताले छिटो सम्झिन सहयोग गर्नेछ । अभिभावकका लागि पनि यो भिडियो उपयोगी हुने हामीले विश्वास लिएका छौं ।

करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)

सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)

कक्षा १२ काे पुरक परीक्षा आजदेखि

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते

शिक्षा विधेयक सच्याउनुपर्ने निजी शैक्षिक संस्था सञ्चालकको माग

विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग

भदाै १८ पछि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालककाे चेतावनी

प्रतिक्रिया