सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

खानाले चिनाउँछ देश

कोरियन परिकार धेरै किसिमका छन्– बुलगोगी, तोकपोक्की, कालेबोक्की, किम्ची, साम्गे स्यूप, प्योजन, ह्वाङक्योन इत्यादि ।

 

मान्छेको शरीर अन्नपानीले भरिएको हुन्छ । अन्न होस् या पानी पहिलो स्वाद जिब्रोले लिन्छ । अनि शरीरको हरेक भागमा पुग्छ । त्यसैले हामी स्वादे जिब्रो भन्छौं । 

हामीले दुई धारणाले खाना खाने गर्छौं । पहिलो– पेट भर्न र दोस्रो– स्वाद लिन । भोको पेटले केही गर्न सकिन्न । त्यसैले हरेक व्यक्तिका निम्ति पेट भर्नु पहिलो आवश्यकता हो ।

मान्छेले सिर्जनात्मक ढंगले सोच्ने गर्छ । त्यसैले त्यही एउटै अन्न, सागसब्जी, मासुमंस या पेय पदार्थलाई फरक किसिमको स्वादमा पकाइतुल्याइ गर्छ । आफू पनि स्वाद लिन्छ । अरुलाई पनि चलाउँछ । यो मान्छेको कला हो । यसरी अनेक खाले परिकार बनाउने व्यक्तिलाई अंग्रेजीमा सेफ भनिन्छ । नेपालीमा भान्से भन्छौं ।

परिकार हरेक जातजातिले आ–आफ्नै किसिमले बनाएर खाने गर्दछन् । परिकारले देशलाई नै चिनाउँछ । एक देशको खाना र अर्को देशको खाना फरक हुन्छ । 

यतिखेर हामी ललितपुरको झम्सिखेलस्थित हानाक कोरियन रेस्टुरेन्टमा बन्ने परिकारहरु देखाइरहेका छौं । एउटा कोरियन परिकारको नाम हो– किम्बाब । यसलाई सेफ आयुष तामाङले बनाउनुभएको छ । 

यो परिकार चामल, विभिन्न तरकारीहरू, मासु वा शाकाहारी विकल्प, मसला र मिश्रित सलादबाट बनेको हुन्छ ।

त्यसो त कोरियन परिकार धेरै किसिमका छन्– बुलगोगी, तोकपोक्की, कालेबोक्की, किम्ची, साम्गे स्यूप, प्योजन, ह्वाङक्योन इत्यादि ।