फुटबल सँगसँगै चम्किँदै फुटसल (भिडियाे)
फुटसलको मैदान भने सानाे हुन्छ र यो आर्टिफिसल टर्फमा खेलिन्छ, फुटबल भने प्राकृतिक घाँसे मैदानमा खेलिन्छ ।
नेपालमा सबैभन्दा बढी लोकप्रिय खेलमा फुटबल नै पर्छ । सबैभन्दा बढी प्रतियोगिता हुने पनि फुटबलकै हो ।
अन्तर्राष्ट्रिय प्रतियोगिता पनि नियमित भइरहेका हुन्छन् । त्यसैले पनि नेपाली फुटबल १२ महिना जस्तै ब्यस्त हुन्छ । उमेर समूहका पनि प्रतियोगिता पनि धेरै भएको पाइन्छ ।
दक्षिण एसियाली स्तरमै ब्वाइज र गर्ल्स दुवैतर्फ गरेर विभिन्न उमेर समूहमा फुटबल हुन्छ ।
जस्तै, यू–१६ देखि यू–१९ सम्म । फुटबलमा रूचि हुने र खेल जीवनको उद्देश्य हुनेका लागि यो क्षेत्र उपयुक्त हुन सक्छ । पढाइसँगै फुटबललाई पनि अगाडि बढाउन सकिन्छ । मैदानमा राम्रो प्रदर्शन गर्ने हो भने फुटबल खेल्दै छात्रवृत्ति पनि प्राप्त गर्न सकिन्छ ।
उमेर समूहका खेलाडीलाई आकर्षित गर्नका लागि फुटबलका विभिन्न एकेडेमी पनि छन् । त्यसमा खेलसँग पढाइ पनि सँगसँगै अगाडि बढिरहेको हुन्छ । फुटबल खेलाडी नै हुने हो भने १२ वर्षको उमेरदेखि यसमा प्रशिक्षण लिन सुरु गर्नु उपयुक्त मानिन्छ । आजभोलि फुटबल सँगै यसैसँगै जोडिएको फुटसल पनि खेलिन्छ ।
फुटसललाई पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को मान्यता प्राप्त छ । फुटसलको मैदान भने सानाे हुन्छ र यो आर्टिफिसल टर्फमा खेलिन्छ । फुटबल भने प्राकृतिक घाँसे मैदानमा खेलिन्छ । फुटबलमा कौशलता प्राप्त गर्ने हो भने फुटसल एउटा राम्रो माध्यम मानिन्छ । फुटबल र फुटसल खेल्नु स्वास्थ्यका लागि उपयुक्त रहेको छ ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_8sG5zFxSxF_yjizwgclhtvitooq2nmbjz1yyrxx0bb6u1l9zwq9rgvwopobljs3dnipsdnw.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया