बाढी पसेपछि विश्वनिकेतन स्कुलकाे पढाइ प्रभावित
भुईँ तलामा बाढी पसेका कारण नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई दसैँ बिदा सुरु हुनुअघि नै तिहारसम्मका लागि बिदा दिइएको छ ।
गत बिहीबारदेखि शनिवार साँझसम्म परेको भारी वर्षासँगै बागमती नदीमा आएकाे बाढीले क्षति पुर्याएपछि त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमा पठनपाठन प्रभावित भएकाे छ ।
भुईँ तलामा बाढी पसेका कारण नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई दसैँ बिदा सुरु हुनुअघि नै तिहारसम्मका लागि बिदा दिइएको छ ।
बाढीले एक कराेडभन्दा बढीकाे भाैतिक संरचनामा क्षति पुर्याएको विद्यालयले जनाएकाे छ ।
भुईँतलामा रहेका फर्निचर, कम्प्युटर ल्याब, महत्त्वपूर्ण कागजपत्र तथा शैक्षिक सामग्रीहरू बाढीले काम नलाग्ने बनाएको विद्यालयले जनाएकाे छ । डुबानमा परेर दुईवटा स्कुल बसको इन्जिनमा समस्या देखिएको छ भने ल्याबमा रहेका ३० वटा ल्यापटप बिग्रिएका छन् ।

विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया