बाढी पसेपछि विश्वनिकेतन स्कुलकाे पढाइ प्रभावित
भुईँ तलामा बाढी पसेका कारण नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई दसैँ बिदा सुरु हुनुअघि नै तिहारसम्मका लागि बिदा दिइएको छ ।

गत बिहीबारदेखि शनिवार साँझसम्म परेको भारी वर्षासँगै बागमती नदीमा आएकाे बाढीले क्षति पुर्याएपछि त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमा पठनपाठन प्रभावित भएकाे छ ।
भुईँ तलामा बाढी पसेका कारण नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई दसैँ बिदा सुरु हुनुअघि नै तिहारसम्मका लागि बिदा दिइएको छ ।
बाढीले एक कराेडभन्दा बढीकाे भाैतिक संरचनामा क्षति पुर्याएको विद्यालयले जनाएकाे छ ।
भुईँतलामा रहेका फर्निचर, कम्प्युटर ल्याब, महत्त्वपूर्ण कागजपत्र तथा शैक्षिक सामग्रीहरू बाढीले काम नलाग्ने बनाएको विद्यालयले जनाएकाे छ । डुबानमा परेर दुईवटा स्कुल बसको इन्जिनमा समस्या देखिएको छ भने ल्याबमा रहेका ३० वटा ल्यापटप बिग्रिएका छन् ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया