म देशको सुन्दर भविष्य
मैले मेरो जन्मधर्तीलाई विश्वमा चिनाउनु छ
सगरमाथाको गौरव बढाउनु छ
पुुर्खाहरूको वीरता र पौरखलाई
जोगाउनु छ, अझै महत्त्वपूर्ण पार्नु छ
सीता, भृकुटी, अरनिकोको प्रतिष्ठा कायम राख्नु छ
मातृभूमिबाट भोक, रोग, अशिक्षा, असुरक्षा हटाउनु छ
मैले भविष्यमा मेरो देशलाई
अझै सुन्दर र विकसित बनाउनु छ
म भोलिको जिम्मेवार नागरिक हुँ
भविष्यले मलाई पर्खिरहेेको छ ।
मैले यो देश र जनताका लागि बाँच्नु जरुरी छ
अहिले मलाई मायालु अभिभावकको स्नेेह चाहिएको छ
परिवारका सदस्यहरूको सहयोग चाहिएको छ
मलाई स्वस्थ राख्ने वातावरण र अौषधी चाहिएको छ
योग्य बन्नका लागि मलाई असल शिक्षकहरूबाट
उपयोगी र व्यावहारिक शिक्षा चाहिएको छ
मलाई आतङ्क र त्रासविनाको समय चाहिएको छ
अनि त म यो सिङ्गै देशको भविष्य बोक्न सक्छु !
मैले कुपोषणको सिकार हुनु नपरोस्
मैले घरमा झगडा देख्नुु नपरोस्
विद्यालयमा दण्डित हुनु नपरोस्
मैले रुचाएको विषय पढ्न बाधा नपरोस्
मैले मानसिक चिन्ता खप्नु नपरोस्
राज्य, समाज र परिवारले
ध्यान दिएर मेरो सुरक्षा गरून्
म अहिलेको बालक हुँ तर
भविष्यको कर्मठ नागरिक हुँ
देश थाम्ने र बनाउने शक्ति हुँ
म बालक
भविष्यको सिङ्गै देेश हुँ
म सबैको साझा भविष्य हुँ ।
प्रतिक्रिया