सिकाइकाे अलग्गै संसार – युरो किड्स
कसरी बोल्ने, कसरी सिक्ने, कसरी अभिव्यक्त गर्ने भन्ने नै पढ्नु हो । सिक्नु हो । युरो किड्स स्कुलले यही मान्यता अंगीकार गरेको छ ।
सबै अभिभावकले सुनेको नाम हो– युरो किड्स इन्टरनेसनल स्कुल ।
यो स्कुलले देशभरिमा ३१ ठाउँबाट सेवा दिइरहेको छ । काठमाडौं उपत्यकामा मात्रै युरो स्कुल २३ ठाउँमा छन् । त्यसैले पनि आमअभिभावकको कानदेखि मनसम्म यो नामको छाप बसेको छ ।
मुख्य युरो किड्स इन्टरनेसनल स्कुल भारतको कोलकातामा रहेको छ । विभिन्न देशमा यसको फ्रेन्चाइज अर्थात् सञ्जाल विस्तार भएका छन् । विश्वभरिमा १ हजार ४ सयवटा युरो स्कुल छन् ।
यतिखेर हामी भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा रहेको युरो किड्स स्कुलको चर्चा गर्दैछौं । सञ्चालक अध्यक्ष नवराज काफ्लेले दिनुभएको जानकारीअनुसार यो स्कुल सन् २०१५ मा स्थापना भएको हो ।
यहाँ अहिले प्ले ग्रुपदेखि कक्षा ६ सम्म पठनपाठन हुन्छ । सबै कक्षामा गरी २ सय ६० बालबालिका पढ्नु हुन्छ । उहाँहरूलाई पढाउन ७३ जना शिक्षक खटिनुभएको छ । आउजाउ गर्नका निम्ति स्कुलका १६ वटा भ्यान छन् ।
पढ्ने भनेको किताबी ज्ञान लिने मात्र होइन, साथीहरूसँग खेल्नु, नाच्नु, गाउनु र चित्र कोर्नु पनि हो । आफू बसेको वरिपरिको ठाउँ, छरछिमेकी चिन्नु हो । आफू सरहकालाई साथीहरू बनाउनु र आफूभन्दा सानालाई भाइबहिनी भनेर बोल्नु÷बोलाउनु हो । ठूलालाई दाजु–दिदी, काका–काकी, हजुरबा–हजुरआमा जस्ता साइनोले बोल्न जान्नु हो ।
आफूले सोचेको, अनुभव गरेको कुरा सुनाउनु र अरुको अनुभव सुन्नु पनि पढ्न सिक्नु हो । कसरी बोल्ने, कसरी सिक्ने, कसरी अभिव्यक्त गर्ने भन्ने नै पढ्नु हो । सिक्नु हो । युरो किड्स स्कुलले यही मान्यता अंगीकार गरेको छ ।
अन्तर्राष्ट्रिय पाठ्यक्रमअनुसारको सन्तुलित शिक्षा युरो किड्स इन्टरनेसनलको परिचय हो । युरो किड्स स्कुल सिर्जनानगरले भक्तपुरकै सूर्यविनायक, ललितपुरको इमाडोल र काठमाडौंको पेप्सिकोलामा पनि स्कुलहरु सञ्चालन गरेको छ ।

युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा

जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति

बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीकाे प्रदर्शन (भिडियाे)

एसईईमा ४ जिपिए ल्याएकी गाेमालाई मीनबहादुर गुरुङकाे सम्मान

परम्परा, पहिचान र उत्पादनसँग जोडिएको धान दिवस

प्रतिक्रिया