बाल गजल – माथि हेर्दा हिमाल
माथि हेर्दा हिमाल
टल्क्यो टलल्ल
तल मधेश रमाइलो
देख्दै झलल्ल
उता नदी खोला छन्
यता छहरा
वनको बाटो झरेर
बग्छन् सलल्ल
पहाडमा खेताला
डल्ला फोर्दैछन्
पसिनाले भिजाई
जिउ खलल्ल
लेक पुगी गुराँस
टप्प टिपेर
मीठो हाँसो सबैले
हाँसौँ हलल्ल ।
- भोर्लेटार, लमजुङ ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया