इन्द्रजात्राकाे विषयवस्तुमा चित्रकला प्रतियाेगिता

ललितपुरको जितापुर गन्धकुटी बिहार परिसरमा इन्द्र जात्रा (ञेया) काे विषयवस्तुमा १ देखि १० कक्षाका विद्यार्थीबीच चित्रकला प्रतियाेगिता आयाेजना गरिएकाे छ ।
लाच्छी लर्निङ सेन्टरकाे आयोजना र आर्ट बिट स्टुडियाेकाे सहयाेगमा भएकाे चित्रकलामा काठमाडाैं, ललितपुर, भक्तपुर, कीर्तिपुर र जनकपुरबाट ३० वटा विद्यालय र ६९ कलाकारकाे सहभागिता थियो ।
चित्रकला प्रतियोगिता ४ विधामा भएको थियो। प्राथमिक विद्यार्थी कलाकार कक्षा (१-४), कनिष्ठ विद्यार्थी कलाकार कक्षा (५-७), वरिष्ठ विद्यार्थी कलाकार कक्षा (८-१०) र जनताको छनौट पुरस्कार गरी ४ वटा विधामा नेपाली कला, संस्कृति र पर्वहरूको विषयलाई चित्रकलाको माध्यमबाट देखाइएकाे थियाे ।
ललितपुर महानगरपालिका– २१ का प्रमुख रवीन्द्र महर्जनले विद्यार्थीहरूले बिहानदेखि बेलुकासम्म विद्यालयका पाठ्यक्रममा मात्र समय दिनुपर्ने बाध्यताले १ देखि १० सम्मका विद्यार्थीहरूको अतिरिक्त पाठ्यक्रमकाे प्रतिभा विकास गर्न नसकिने बताउनुभयो ।
लाच्छी लर्निङ सेन्टरले विद्यार्थीहरूको अतिरिक्त पाठ्यक्रमकाे प्रतिभाहरुलाई जन्माउने र विकास गर्ने महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयाे ।
आर्ट बिटका संस्थापक जुजु महर्जनले नेपालका विकट ठाउँका विद्यालयहरूमा गई चित्रकलालाई प्रोत्साहन गर्न रंगहरु, कापी, कलमहरु दिएर सहयोग गर्दै आउनुभएको छ। महर्जनले नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा पनि बालबालिकाका चित्रकलालाई प्रोत्साहन र स्टेशनरीका सामग्री सहयोग गर्दै जाने आफ्नाे सपना रहेकाे बताउनुभयो ।
प्राथमिक विद्यार्थी कलाकार विधामा युवा प्रतिभा विद्या मन्दिर माध्यमिक विद्यालयका रोशन बुढामगर प्रथम, ज्ञानोदय बालवाटिकाका सरल डंगोल दोश्रो र शान्ति गार्डेन स्कूलका शिक्षा महर्जन तेश्रो हुनुभयाे ।
कनिष्ठ विद्यार्थी कलाकारतर्फ प्रारम्भ वर्ल्ड स्कूल एण्ड कलेजका आयांश ज्ञवाली प्रथम, कंकेश्वरी आधारभूत विद्यालयका कृष्ण माझी दोस्रो र क्रिएटिभ एकेडेमी कीर्तिपुरका लिपि महर्जन तेश्रो हुनुभयाे ।
त्यसैगरी वरिष्ठ विद्यार्थी कलाकार विधामा क्रिएटिभ लर्नर्स एकेडेमीका सञ्जीव श्रेष्ठ प्रथम, पद्मप्रकाश माध्यमिक विद्यालयका सम्झना शाह दोश्रो र विश्व निकेतन माध्यमिक विद्यालयका कृष कुमार तेश्रो हुनुभयाे । जनताको छनौट पुरस्कार विश्व निकेतन माविका प्रज्वल शाह ठकुरीले पाउनुभयाे।
यस प्रतियोगितामा निर्णायकको भूमिका मैचा र बौचाका संस्थापक विज्ञान प्रजापतिले गर्नुभएको थियो।

शिक्षकलाई आन्दाेलन राेक्न शिक्षामन्त्रीकाे आग्रह

विद्यालय भर्ना अभियान सफल पार्न प्रधानमन्त्रीकाे आग्रह

कालाे मास्क लगाएर शिक्षककाे प्रदर्शन

आभा प्रिस्कुल एण्ड डे केयरको अभिभावक दिवस

नाचगानसहित शिक्षकहरूकाे प्रदर्शन

खैरहनीमा विपन्न बालबालिकालाई पोषण अनुदान

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सकियाे

प्रतिक्रिया