बालगीत प्रतियोगतामा दाेषीकाे गीत प्रथम

६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा रेडियो नेपाल र बाल संगठनद्वारा आयोजित राष्ट्रव्यापी बालगीत प्रतियोगतामा 'शिखरमा पुग्नुपर्छ' बाेलकाे गीत प्रथम भएको छ।
बालक दिव्यकुमार सिटौलाले गाउनुभएकाे याे गीत ललिता ‘दोषी’ ले रचना गर्नुभएको हाे । गीतमा बद्री सेवाले सङ्गीत दिनुभएकाे थियाे ।
निर्णायकहरूमा वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङ र वरिष्ठ साहित्यकार रमेश पौडेल हुनुहुन्थ्यो ।
बिजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।
अघिल्लाे वर्ष पनि दाेषीकै गीत प्रथम भएकाे थियाे । उक्त गीत बालक अनमाेल सेवाले गाउनुभएकाे थियाे ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया