बालगीत प्रतियोगतामा दाेषीकाे गीत प्रथम
६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा रेडियो नेपाल र बाल संगठनद्वारा आयोजित राष्ट्रव्यापी बालगीत प्रतियोगतामा 'शिखरमा पुग्नुपर्छ' बाेलकाे गीत प्रथम भएको छ।
बालक दिव्यकुमार सिटौलाले गाउनुभएकाे याे गीत ललिता ‘दोषी’ ले रचना गर्नुभएको हाे । गीतमा बद्री सेवाले सङ्गीत दिनुभएकाे थियाे ।
निर्णायकहरूमा वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङ र वरिष्ठ साहित्यकार रमेश पौडेल हुनुहुन्थ्यो ।
बिजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।
अघिल्लाे वर्ष पनि दाेषीकै गीत प्रथम भएकाे थियाे । उक्त गीत बालक अनमाेल सेवाले गाउनुभएकाे थियाे ।


विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया