आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

काग र कुवा

एक दिन एउटा तिर्खाले व्याकुल काग पानीको खोजीमा भौंतारिइरहेको थियो ।

धेरै ठाउँमा खोज्दा पनि पानी नभेटेपछि निरास बनिसकेको त्यो काग अन्त्यमा एउटा कुवामा पुग्यो । तर, कुवामा पानीको सतह निकै तल थियो ।

कागले सोच्यो– यसरी त पिउन सक्दिनँ ।

त्यसपछि उसले कुवा वरिपरि रहेका स–साना ढुङ्गा टिपेर कुवामा हाल्न थाल्यो । ढुङ्गा हाल्दै जाँदा पानीको सतह माथि आयो । कागले पानी पिएर आफ्नो प्यास मेटायो । 


(यस कथाले धैर्य गर्ने र समस्याको समाधान खोज्ने सीपको महत्व बुझाउँछ ।)