आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनमा नेपालसहित ११ देशका प्रतिनिधि सहभागी हुँदै

अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा असोज ४ बाट दुई दिने सम्मेलन काठमाडौं सम्पन्न हुनेछ ।

कमलादीस्थित प्रज्ञा भवनमा हुने सम्मेलनबारे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी पूरा गर्दैछौं ।’

सम्मेलनमा आयोजक राष्ट्र नेपालसहित ११ देशका विज्ञको सहभागिता रहनेछ । सहभागी मुलुकमा भारत, चीन, बंगलादेश, भुटान, श्रीलंका, जापान, मलेसिया, दक्षिण कोरिया, नेदरल्याण्डस् र डेनमार्क छन् ।

नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनमा ३० जना विदेशी विज्ञहरू आउनु हुनेछ ।

यसैगरी नेपालका बाल साहित्यकार, विभिन्न संस्थाका प्रतिनिधिसहित १ सय ७५ जनाभन्दा बढीको सहभागिता रहने बाल साहित्य समाजका महासचिव विजयराज आचार्यले जानकारी दिनुभएको छ ।

सम्मेलनमा विदेशी विज्ञहरूले आफ्नो देशमा बाल साहित्यसम्बन्धी भइरहेका प्रगतिबारे जानकारी गराउनु हुनेछ । यसैगरी स्वदेशी विज्ञहरूले नेपाली भाषा र अन्य मातृभाषा साहित्यको विकासबार कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनको सन्दर्भमा नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।