शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
आज राष्ट्रिय शिक्षा दिवस : अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गते शिक्षा दिवस मनाउने गरिएको छ ।
आज असोज २ गते राष्ट्रिय शिक्षा दिवस हो ।
नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षका लागि ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी प्रणालीगत सक्षमता’ आदर्श वाक्य तय गरेको छ । साताभरि देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेर शिक्षा दिवस मनाइँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शिक्षा दिवस २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै एसइई नतिजा ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताउनुभएको छ ।
‘एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरू भइसकेको छ, हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन,’ उहाँले भन्नुभयो । हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको उहाँले बताउनुभयो ।
त्यसअघि प्रधानमन्त्री ओलीले शिक्षा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।
उहाँले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । साथै बालबालिकाको सर्वाङ्गीण विकासका लागि जिम्मेवार र जवाफदेही भएर स्वउत्प्रेरित भई थप योगदान गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
उहाँले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया