लघुकथा : ताली
`विजयी प्रतियोगीको हौसलाका लागि ताली बजाउन कन्जुस्याइँ नगरौँ ।´
उद्घोषकले यसो भन्दै गर्दा ताली परर्र बजिरह्यो ।
पुरस्कार पाउने विद्यार्थीहरू एकपछि अर्को आउँदै गरे । पुरस्कार थन्क्याउँदैको व्यस्तताले उनीहरूले अरू पुरस्कृतको हौसलाका लागि ताली बजाउन भ्याएनन् ।
`खै, ताली ?´ उद्घोषक शिक्षक फेरि चिच्याए । ताली पिट्नेले पिटिरहे । अर्काका लागि ताली पिट्दा पिट्दा एकथरि थाके ।
पुरस्कार पाउने विद्यार्थीहरूले निधार रातै बनाए, पुरस्कारको बोकिनसक्नुको भारी बोक्दै फर्किए ।
ताली पिट्नेहरू एउटा चकलेट पनि खान नपाई निन्याउरो मुख लगाएर घर फर्के ।
सरहरूले भनेबमोजिम ताली नपिटेबापत गाली खाने उनै थिए, रित्तो हात घर आएकोमा पनि गाली उनैले खाए ।
भोर्लेटार, लमजुङ
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया