छाता
कहिले खुल्ने फरर,
कहिले बन्द सपक्क
कहिले बोक्ने हातमा
कहिले राख्ने थपक्क ।
घाम लागे ओढ्नलाई
हुने अति जाती
पानी परे काम लाग्ने
साँझ बिहान राति ।
हिँड्न पनि सकिन्छ
लठ्ठी जस्तै टेकेर
मजा आउँछ थरीथरी
रुप यसको देखेर ।
एक्लै हिँड्दा बनिदिन्छ
हित चिताउने मित्र
आकारप्रकार थरीथरी
उस्तै राम्रो चित्र ।
गोठालोमा गाईवस्तु
धपाउन पाइन्छ
आजकाल त धेरै काममा
छाता हामीलाई चाहिन्छ ।
बूढानीलकण्ठ ,काठमाडौँ
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया