आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

छाता

कहिले खुल्ने फरर, 

कहिले बन्द सपक्क 

कहिले बोक्ने हातमा 

कहिले राख्ने थपक्क ।


घाम लागे  ओढ्नलाई

हुने अति जाती

पानी परे काम लाग्ने 

साँझ बिहान राति ।


हिँड्न पनि सकिन्छ 

लठ्ठी जस्तै टेकेर 

मजा आउँछ थरीथरी 

रुप यसको देखेर ।


एक्लै हिँड्दा बनिदिन्छ 

हित चिताउने  मित्र 

आकारप्रकार थरीथरी

 उस्तै राम्रो  चित्र ।


गोठालोमा गाईवस्तु 

धपाउन पाइन्छ 

आजकाल त धेरै काममा 

छाता हामीलाई चाहिन्छ ।

 


बूढानीलकण्ठ ,काठमाडौँ