विज्ञान प्रविधिकाे अनुसन्धानका लागि १ अर्बको कोष स्थापना गर्ने घाेषणा
१२औं राष्ट्रिय विज्ञान दिवस

आज १२औं राष्ट्रिय विज्ञान दिवस हो । दिवसका लागि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले ‘विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि’ आदर्श वाक्य तय गरेको छ ।
मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले दिनुभएकाे जानकारीअनुसार कृषि तथा औद्योगिक उत्पादन, उत्पादकत्व अभिवृद्धि र दीगो पूर्वाधार विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेकोे छ ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुुभएको छ । शुभकामना सन्देश जारी गर्दै उहाँले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा जोड दिनुुभएको छ ।
दिवसकै अवसरमा आयाेजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको विशेष कोष स्थापना गर्ने घाेषणा गर्नुभएको छ ।
'विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको २ प्रतिशत रकम छुट्याउने नीति रहेको छ,' उहाँले भन्नुभयाे, 'वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्ने योजना रहेको छ ।'
मन्त्री भट्टराईले वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रबर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनु तथा विद्यार्थीलगायत सबैमा डिजिटल साक्षरता विकास गर्नु आवश्यक भएको बताउनुभयाे ।
अब विश्वविद्यालय एवम् निजी तथा सरकारी अनुसन्धान संस्थामा भएका अनुसन्धानका उपलब्धिलाई व्यवसायीकरणका लागि सहजता प्रदान गर्न तथा उद्योग र पूर्वाधार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा अनुसन्धान गर्न एकेडेमिया–निजी क्षेत्रको इन्टरफेसको रूपमा कार्य गर्न उहाँले अनुरोध गर्नुभयो ।
दिवसको सन्दर्भमा स्थानीय तह, विद्यालय र अन्य निकायका प्रतिनिधिहरूबीच कृत्रिम बौद्धिकता (एआई/आर्टिफिसियल इन्टेलिजेन्सी) को उपयोग विषयमा छलफल गरिएको छ ।
बायोटेक्नोलोजी समाज नेपालले चितवनमा केराको रेसाबाट सामग्री निर्माण तालिम सञ्चालन गरेको छ । रोबोटिक एसोसियसन नेपालले ‘रोबोटिक्स एण्ड एआई इन इन्डस्ट्रिय एण्ड म्यानुफेक्चरिङ’ विषयक वेबिना आयोजना गरेको छ ।
‘हिजोका अनुसन्धानहरू व्यक्ति केन्द्रित भए,’ सचिव पुडासैनीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘विज्ञान विषयको प्रवर्द्धनसँग जोड्दै अब समग्र आर्थिक अवसरसँग जोडिने छ ।’
विज्ञान तथा प्रविधिको महत्त्वलाई आत्मसात गर्दै यस क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र खोजमूलक विषयको प्रचार प्रसार गरी समुदायलाई सुसूचित गराउन र वैज्ञानिक तथा नव प्रतिभालाई प्रोत्साहन गर्न सरकारले २०६९ सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ ।
_sgLFjcEqyl_mq2xfoxjkeckad5hwyenzqox9srpo8glyv3cekddfsfjhguyl3hgrbdkteav_AWY8qLORvQ_zsxijftg7vsyqv6oygfyoxoylxocmgkuvyqgj1bmfrth3pz2uis3zji2qles.jpg)
अबाकस तथा मानसिक गणित प्रतियोगिता सम्पन्न

शिक्षकका माग पूरा, आन्दाेलन फिर्ता
ललितपुर महानगरले भन्याे– वैशाख १६ देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्नू

४५ लाख विद्यार्थीको भविष्यमाथि खेलवाड तर सडकमै पाक्छ शिक्षककाे तलब

कक्षा १२ काे परीक्षा निर्धारित मितिमै गर्ने निर्णय

शिक्षा समिति सभापतिले अपमान गरेकाे भन्दै शिक्षकहरू आक्राेशित

विद्यार्थीलाई प्राविधिक क्षेत्रमा सक्षम बनाउँदै पद्मकन्या विद्याश्रम (भिडियो)

प्रतिक्रिया