आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

हाम्राे घरकाे मुने

हाम्रो घरको मुने उफ्री उफ्री हिँड्छ
कहिले पिँढी कहिले भान्छा आँगनीमा नाच्छ

साथी हुँ म उसको लागि जता पनि जाने
भोक लागे मकै ढुटो मिठो पानी खाने

चञ्चले छ उसको बानी बुद्रुक बुद्रुक गर्छ
घर फिर्न सधैंभरि मेरै भर पर्छ

कस्तो हुँदो होला मुने घरमा नदेखिँदा
अघि आउँछ टुप्लुक्क नाम मात्रै लिँदा ।

सविता मैनाली

(मैनाली शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । साहित्यका विभिन्न विधामा उहाँ कलम चलाउनुहुन्छ ।)