आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

सफलता

नेपालको पश्चिमी क्षेत्रमा एक दुर्गम गाउँ भीरकोट छ। भीरकोटमा सफल नामक एक मध्यमवर्गीय परिवारका युवा छन् । उनी धेरै नै महत्त्वकांक्षी, इमान्दार र धैर्यवान छन् । उनले पैसाको अभाव बुझेको हुनाले जीवनमा धनवान भन्ने सपना लिएका छन् । उनले धनी बनेर देशको विकास गर्ने र गरिबीलाई अन्त्य गर्ने उद्देश्य लिएका छन् ।  

आफ्नो सपनाको पछि लाग्दै उनी काठमाडौँ आइपुग्छन्। उनले सयौं परिवर्तन पाउँछन् र  आधुनिकतालाई बुझ्छन् । उनी एक सेल्सम्यानको रुपमा काम गर्न थाल्छन् । यो काम जीवन निर्वाहका लागि गर्दै थिए तर उनको सोच अर्कै थियो ।

एकदिन उनले व्यवसाय गर्ने साेच बनाउँछन्। फास्ट फेसनकाे व्यवसाय एकदमै ग्राहक केन्द्रित छ । याे व्यवसायको नजरबाट हेर्ने हो भने नवीनतम तरिका पनि हो । उनी काम गर्न छोड्छन् र यसबारे रिसर्च गर्न थाल्दछन् ।

अनुमानित रु. १३ लाख लागत लाग्ने अनुमान गर्छन् । अब उनी यसका लागि लगानीकर्ताको खोजीमा लाग्छन् । धेरै प्रयास गर्दा पनि लगानीकर्ता पाउँदैनन्। तैपनि यो अन्जान सहरमा आफैंलाई प्रेरित गर्छन् । आफूलाई सकारात्मक राख्छन्।

अन्तत: एक लगानीकर्तालाई यो साेच मनपर्छ। उनी खुसी हुन्छन् र योजनाअनुसार (स्वदेशी उत्पादनलाई जोड दिने गरी) कच्चा पदार्थको अनुसन्धानका लागि विदेशी प्राविधिक बोलाउँछन् । आवश्यकता अनुसारको कच्चा पदार्थ पहिचान हुन्छ र उत्पादन कार्यका लागि उनले आफ्नो कदम अगाडि बढाउँछन्।

उक्त समयमा दुर्भाग्यवस लगानीकर्ताको गाडी दुर्घटनामा मृत्यु हुन्छ। यसले उनको सपनामा पानी फेर्छ र फेरि लगानीकर्ताको खोजीमा लागिपर्छन् । फेरि उनले एक लगानीकर्ता पाउँछन् र काम सुरु गर्छन् । सबै प्रक्रिया पूरा भएपछि अन्तिम पाइलाका रुपमा आफ्नो वस्तु बजारमा लन्च गर्छन् । 

उनको व्यवसाय ग्राहक केन्द्रित भएकाले कम्पनी नाफामा चल्न थाल्छ। सफलले आफ्नो स्काई कार प्रालि कम्पनीका शाखाहरू नेपालभरि विस्तार गर्छन्। उनी ग्राहकबाट सधैं राम्रो प्रतिक्रिया पाउँछन् । उनले आफ्नो कम्पनीमा करिब ५० हजार कामदारलाई रोजगारी दिएका छन् । उनले आफ्नो गरिबी हटाउने र देशको स्रोत साधनको सही परिचालन गरी देश विकासमा मद्दत गर्ने सपना साकार पारेका छन्।

सफल नेपालको एक सफल व्यापारीको रुपमा चिनिन्छन् । धेरै अवार्डहरूले समेत सम्मानित हुन्छन् । उनी यो सफलताबाट मक्ख छन् किनकि त्यस्तो दुर्गम क्षेत्र र विषम परिस्थितिबाट आएर कठिनाइले भरिएको बाटोबाट पनि सफलता हासिल गर्न सकेका छन् । उनी भन्ने गर्छन्, 'ठूलो सपना देख्ने गर्नुस् । ठूलो सपनाले नै तपाइँलाई ठूलो मानिस बनाउनेछ।'

(याे वर्तमान र भविष्यलाई मध्यनजर गर्दै आधुनिक पिँढीको सोचका साथ लेखिएको काल्पनिक कथा हो।)

सुमन कार्की

(सुमन काठमाडाैंकाे बालकुमारीस्थित ट्रिटन इन्टरनेशनल कलेजमा कक्षा ११ मा पढ्नुहुन्छ ।)