बाल दिवसमा वीरगञ्जमा प्रभातफेरी
लागु पदार्थ दुर्व्यसन र बालविवाहका बारेमा सचेतना फैलाउने सडक नाटक प्रदर्शन

६० औँ राष्ट्रिय बाल दिवस वीरगञ्जमा एक कार्यक्रम गरी मनाइएको छ ।
‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नारासहित दिवसका अवसरमा आज वीरगञ्जमा प्रभातफेरी निकाल्नुका साथै र सडक नाटक प्रदर्शन गरिएको छ ।
वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभातफेरी माइस्थान चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुन: घण्टाघर आएर सभामा परिणत भएको थियो ।
प्रभातफेरीपछि आयोजित सभालाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई आफूहरुले प्राथमकितामा राखेर योजना बनाउने काम गरिरहेको बताउनुभयो । पढ्ने अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने कुरामा आफूहरु सचेत रहेको र लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति अंगिकार गरिएको बताउनुभयो ।
यस्तै महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रकै भविष्य निर्धारण गर्ने हुँदा त्यसमा वीरगञ्ज महानगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताउनुभयो ।
बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार शोषण लगायत बालबिवाहजस्ता कूप्रचलनका घटनाहरु पूर्ण रुपमा न्यूनीकरण गर्दै बास्तविक बाल अधिकार प्रवद्र्धन गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको बताउनुभयो । उहाँले स्वास्थ्य तथा शिक्षामा बालबालिकाको पहुँच वृद्धि गर्दै उनीहरुको शैक्षिक अधिकार सुनिश्चित गर्न माध्यमिक तहसम्मको शिक्षा प्राप्तिमा महानगरले निशुल्क व्यवस्था मिलाएको जानकारी दिनुभयाे ।
कार्यक्रममा लागु पदार्थ दुर्व्यसन र बालविवाहका बारेमा सचेतना फैलाउने सडक नाटकसमेत बालबालिकाहरुले प्रदर्शन गरेका थिए ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया