आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

समाज, देश र विश्व चिनाउँदै पाठशाला

स्कुलले खेलकुद, संगीत, नृत्य, कला, नाट्य, साहित्य सिर्जना, सामाजिक सेवालगायत विविध पक्षमा विद्यार्थीलाई क्रियाशील गराउने गरेकाे छ

‘पाठशाला’को अर्थ विद्यार्थीलाई शिक्षा दिइने वा पढाइने घर हो । हामी विद्यालय पनि भन्छौं । 

यतिखेर पाठशाला नेपाल फाउण्डेसनले सञ्चालन गरेको विद्यालय ‘पाठशाला’बारे जानकारी दिन चाहेका छौं । यो अंग्रेजी माध्यमको स्कुल हो । काठमाडौंको नयाँ बानेश्वर र ललितपुरको बागडोलमा गरी दुई ठाउँबाट पाठशालाले सेवा दिइरहेको छ । ‘सार्थक शिक्षा, सार्थक जीवन’ यी चार शब्द नै पाठशालाको मूलमन्त्र हो । 

यो स्कुल सन् २००४ मा स्थापना भएको हो । कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । 

पाठशालाको मान्यता– शिक्षाको उद्देश्य विद्यार्थीलाई निश्चित पेसा र लक्ष्यप्रति उन्मुख गराउने हुनुपर्छ, साथै मानवीय मूल्य र मान्यतासहितको व्यक्तित्व निर्माण गराउने हुनुपर्छ भन्ने हो । पाठशालाले स्थानीय परिवेश र मौलिक मान्यतालाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सेवा प्रदान गर्दै आएको छ । 

विद्यार्थीलाई आफू बसेको समाज, देश र विश्व बारेमा जानिफकार बनाउनु स्कुलको ध्येय रहेको पाठशाला बागडोलका प्रिन्सिपल विश्वनाथ कँडेल बताउनुहुन्छ । मानवीय मूल्य–मान्यता र उपलब्धिप्रति प्रशंसक तथा गुणग्राही नागरिक उभ्याउन यो स्कुलको प्रयास दुई दशकदेखि निरन्तर छ ।

बहुजाति, बहुभाषा, बहुसंस्कृति बुझ्न अनि बुझाउने कलाको विकास गर्दै आएको छ । सामाजिक रूपान्तरणका निम्ति शिक्षकहरूको प्रयास जारी छ । फलस्वरूप आमअभिभावक र विद्यार्थीको रोजाइमा पर्न सकेको छ । 

पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक पढाउनु स्वभाविकै हो । सिकाइ पद्धतिलाई हरेक बालबालिकाले भित्री हृदयदेखि आत्मसात गर्नु तथा गराउनु महत्वपूर्ण कुरो हो । विद्यार्थी र शिक्षकबीचको शिक्षण सिकाइ साझेदारीको प्रतिफलकै कारण पाठशालाको लोकप्रियता बढेको कँडेल बताउनुहुन्छ ।

विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्य महत्वपूर्ण पक्ष हो । त्यसनिम्ति विद्यालयले विद्यार्थी र अभिभावकसँग समस्या आउन नदिन दोहोरो संवाद जारी राखेको छ । शैक्षिक भ्रमण गराउँदै आएको छ ।

खेलकुद, संगीत, नृत्य, कला, नाट्य, साहित्य सिर्जना, सामाजिक सेवालगायत विविध पक्षमा विद्यार्थीलाई क्रियाशील तुल्याउने गरेको प्रिन्सिपल कँडेल बताउनुहुन्छ ।