आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

सपनाको बाटो कोर्न सिकाउँदै लभ्ली होम

आजका बालबालिका भोलिको देश निर्माता हुन् । त्यसनिम्ति उनीहरूलाई स्वस्थ खानपान, मीठो बोलीवचन र असल व्यवहार सिकाउनुपर्छ । ज्ञान र सीप प्रदान गर्नुपर्छ । आत्मविश्वास बढाउनुपर्छ ।

उज्ज्वल भविष्यका निम्ति बालबालिकालाई सपनाको बाटो कोर्न सिकाउने उद्देश्यसहित सन् २००२ मा ललितपुरको जावलाखेलमा स्थापना भएको हो– लभ्ली होम चाइल्ड केयर एन्ड किन्डरगार्टेन । 

‘डे केयर’का रुपमा खुलेको यस स्कुलमा ललितपुरका विभिन्न क्षेत्रका बालबालिका अध्ययनरत हुनुहुन्छ । अहिले जावलाखेलका अतिरिक्त धोबीघाट, भनिमण्डल र सानागाउँमा पनि यो स्कुलले सेवा विस्तार गरेको छ । सानागाउँमा लभ्ली हाेम इनाेभेटिभ फाउण्डेसन र धाेबीघाटमा लभ्ली हाेम इनाेभेटिभ फाउण्डेसन एजुकेसनका नाममा विद्यालय सञ्चालित छन् ।

धाेबीघाटमा कक्षा ५ सम्म पठनपाठन हुँदै आएकाे छ ।

संस्थापक/इन्चार्ज माहेश्वरी अमात्यका अनुसार कामकाजी अभिभावकका नानीबाबुलाई दिवा सेवा प्रदान गर्ने उद्देश्यले लभ्ली होम खोलिएको हो । ‘यहाँ बालबालिकालाई घरकै वातावरण प्रदान गरिएको छ,’ उहाँ भन्नुहुन्छ, ‘उमेरका हिसाबले ३ महिनादेखि ६ वर्षसम्मका नानीबाबुहरू यहाँ हुनुहुन्छ ।’

तीन महिनादेखि १ वर्षसम्मकालाई शिशुस्याहार, २ वर्षसम्मकालाई प्लेग्रुप, ३ वर्षसम्मलाई प्रि–नर्सरी र ४ वर्षसम्मका बालबालिकालाई नर्सरीमा राखिन्छ । त्यसैगरी, पाँच वर्षसम्म उमेर समूहलाई जुनियर किन्डरगार्टेन र ६ वर्षसम्मलाई सिनियर किन्डरगार्टेनमा राख्ने गरिएको छ ।

 ‘लभ्ली होम बालबालिकाका निम्ति दोस्रो घर हो,’ अमात्य भन्नुहुन्छ, ‘हामी बच्चालाई बोझका रूपमा होइन, सोखका रुपमा आधारभूत ज्ञान दिन्छौं ।’

शिक्षाका अतिरिक्त स्वस्थ खानपानमा ध्यान दिइएको उहाँ बताउनुहुन्छ । यहाँ पढाइसँगै बालबालिकालाई खेलकुद, कला–संस्कृति, गीत–संगीत र नृत्य पनि सिकाइन्छ । 

‘हामी बालबालिकाको व्यक्तित्व विकासमा सकारात्मक भावना जागृत गराउँछौं, जस्तोसुकै आपतको अवस्थालाई पनि सामना गर्नसक्ने तुल्याउँछौं र प्राकृतिक नियमसँग घुलमिल हुने वातावरण प्रदान गर्छौं,’ अमात्य थप्नुहुन्छ ।

उहाँका अनुसार लभ्ली होममा प्रशिक्षित शिक्षक र हेरचाहकर्ता हुनुहुन्छ । बालबालिकालाई खेल–आधारित सिकाइ प्रदान गरिन्छ । बालबालिकाको ऊर्जा र सृजनशीलतालाई प्रोत्साहित गर्न विभिन्न खेल र गतिविधिहरू आयोजना गरिन्छ र अन्य बालबालिकासँग अन्तरक्रिया गर्ने अवसर दिइन्छ ।