रानी भिक्टोरियाको उपहार ह्वेलका दाह्रा

काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा बडेमानको ह्वेल माछाको एकजोडी दाँत छ । यहाँ पुगेपछि हामी छक्क पर्छौं । यत्रा ठूला दाँत भएको जनावर झन् कत्रा होलान् । अनुमानमात्र गर्न सक्छौं ।
तत्कालीन प्रधानमन्त्री तथा कमाण्डर इन चिफ जंगबहादुर राणा १५ जनवरी १८५० मा बेलायत यात्रामा निस्किनुभएको थियो । राजकीय यात्रामा ४१ जनाको टोली गएको थियो ।
‘कहिल्यै सूर्य नअस्ताउने देश’ भनेर चिनिएको बेलायतमा नेपालको यो पहिलो कूटनीतिक भ्रमण थियो । उतिखेर बेलायतमा शक्तिशाली रानी भिक्टोरिया हुनुहुन्थ्यो । प्रधानमन्त्री राणाले रानी भिक्टोरियालाई अनेकन उपहार लिएर जानुभएको थियो ।
ती उपहार प्राप्त गरेपछि रानी भिक्टोरिया खुसी हुनुभयो । उहाँले उपहारको बदला उपहारै दिनुभयो । तिनै उपहारमध्येको हो यो ह्वेल माछाको जोडी दाँत । यी दाह्रा संग्रहालयमा अहिलेसम्म सुरक्षित रहेको गाइड अफिसर मिमि प्रधान बताउनुहुन्छ । ‘रानी भिक्टोरिया खुसी भएर प्रधानमन्त्री जंगबहादुर राणालाई ह्वेलको दाँत उपहार दिनुभएछ,’ उहाँले भन्नुभयो, ‘झट्ट हेर्दा रुखको काठजस्तो देखिए पनि त्यो बेला ल्याइएको ह्वेल माछाको दाँत हो ।’
संग्रहालयको जीवावशेषहरू कक्षको ढोकैमा यी जोडी दाँतलाई टेको लगाएर राखिएको छ ।
भित्तातिर मृग, बाह्रसिंगा, बाघ, भालु, गोही, अर्ना, डाँफे जस्ता चराचुङ्गीलगायत अनेकन जीवका अंशहरू सजाइएका छन् । यहाँबाट भित्र छिर्दै गर्दा नेपालकै जंगली हात्तीको ठूलो टाउको राखिएका छ । केमिकल प्रयोग गरेर जस्ताको तस्तै देखिनेगरी राखिएका छन् ।
यसरी पशुपंक्षीलाई जस्ताको तस्तै देखिने गरी राख्ने विधिलाई ‘टेक्सिडर्मी’ भनिन्छ । संग्रहालयमा राखिएका हरेक जीवांशको परिचय दिइएका छन् ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया