रानी भिक्टोरियाको उपहार ह्वेलका दाह्रा
काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा बडेमानको ह्वेल माछाको एकजोडी दाँत छ । यहाँ पुगेपछि हामी छक्क पर्छौं । यत्रा ठूला दाँत भएको जनावर झन् कत्रा होलान् । अनुमानमात्र गर्न सक्छौं ।
तत्कालीन प्रधानमन्त्री तथा कमाण्डर इन चिफ जंगबहादुर राणा १५ जनवरी १८५० मा बेलायत यात्रामा निस्किनुभएको थियो । राजकीय यात्रामा ४१ जनाको टोली गएको थियो ।
‘कहिल्यै सूर्य नअस्ताउने देश’ भनेर चिनिएको बेलायतमा नेपालको यो पहिलो कूटनीतिक भ्रमण थियो । उतिखेर बेलायतमा शक्तिशाली रानी भिक्टोरिया हुनुहुन्थ्यो । प्रधानमन्त्री राणाले रानी भिक्टोरियालाई अनेकन उपहार लिएर जानुभएको थियो ।
ती उपहार प्राप्त गरेपछि रानी भिक्टोरिया खुसी हुनुभयो । उहाँले उपहारको बदला उपहारै दिनुभयो । तिनै उपहारमध्येको हो यो ह्वेल माछाको जोडी दाँत । यी दाह्रा संग्रहालयमा अहिलेसम्म सुरक्षित रहेको गाइड अफिसर मिमि प्रधान बताउनुहुन्छ । ‘रानी भिक्टोरिया खुसी भएर प्रधानमन्त्री जंगबहादुर राणालाई ह्वेलको दाँत उपहार दिनुभएछ,’ उहाँले भन्नुभयो, ‘झट्ट हेर्दा रुखको काठजस्तो देखिए पनि त्यो बेला ल्याइएको ह्वेल माछाको दाँत हो ।’
संग्रहालयको जीवावशेषहरू कक्षको ढोकैमा यी जोडी दाँतलाई टेको लगाएर राखिएको छ ।
भित्तातिर मृग, बाह्रसिंगा, बाघ, भालु, गोही, अर्ना, डाँफे जस्ता चराचुङ्गीलगायत अनेकन जीवका अंशहरू सजाइएका छन् । यहाँबाट भित्र छिर्दै गर्दा नेपालकै जंगली हात्तीको ठूलो टाउको राखिएका छ । केमिकल प्रयोग गरेर जस्ताको तस्तै देखिनेगरी राखिएका छन् ।
यसरी पशुपंक्षीलाई जस्ताको तस्तै देखिने गरी राख्ने विधिलाई ‘टेक्सिडर्मी’ भनिन्छ । संग्रहालयमा राखिएका हरेक जीवांशको परिचय दिइएका छन् ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया