आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

नारी

नगरौं हिंसा मान्छे र मान्छेमा

धड्कन छ तातो, रातो छ रगत धर्तीकै सन्तान
दुईटा जात नारी र पुरुष छैन नि समान

बेचिन्छन् चेली दलाली हुँदै छेपिन्छन् एसिडमा
निर्मला पन्त मारिन्छन् कति त्रासदी पलकमा

३ वर्षे छोरी ६० की आमा हिंसामै देखिन्छन्
५००० माथि बर्सेनि यस्ता उजुरी लेखिन्छन्

हत्या र हिंसा बलात्कार सयौं सहन्छन् नारी नै
शिक्षामा पछि, रोजगारमा पछि पारिन्छन् नारी नै

यो धर्ती यसै चम्किलो हुन्न झुल्कन्न चाँदनी
महिलामैत्री समाज बन्न चाहिन्छ लगानी 

आर्थिक रुपमा सशक्तीकरण मुलुकको माग हो
लैंगिक हिंसा निवारण गर्नु आजको काम हो

कानुनमा भने अगाडि नै छन् महिला–बालिका
सचेत छैनन् बुझेका छैनन् कानुनी तालिका

दुःखकै बीचमा उठेर पनि सफल बनेका
छन् नारी पात्र मुलुक हाँक्ने अगुवा बनेका

त्यसैले हाम्रो आग्रह छ हजुर पारेर भान्सेमा
नराखौं अब नगरौं हिंसा मान्छे र मान्छेमा । 


 

सुष्मा दाहाल

(सुष्मा बालकुमारीस्थित ट्रिटन इन्टरनेशनल स्कुलमा कक्षा ११ मा पढ्नुहुन्छ ।)