के हो च्याटजिपिटी ? कसरी काम गर्छ ?

केही वर्षयता च्याटजिपिटीले प्रविधि क्षेत्र नै तरंगित पारेको छ ।
यसको फुल फर्म हो– च्याट जेनेरेटिभ प्रिट्रेन्ड ट्रान्सफर्मर । यसलाई सन् २०२२ नोभेम्बर ३० मा सार्वजनिक गरिएको थियो । ओपन एआई नामको कम्पनीले आर्टिफिसियल इन्टेलिजन्सबाट यसलाई विकसित गरेको हो ।
च्याटजिपिटी एक प्रकारको च्याटबट हो, जसले सोधिएका प्रश्नको उत्तर दिने गर्छ । यो एउटा कम्प्युटर प्रोग्राम हो, जसले तपाईंलाई जवाफ दिन आफूसँग भएको डेटा र सूचना प्रयोग गर्छ । सजिलो शब्दमा भन्नुपर्दा यसलाई भर्चुअल असिस्टेन्ट मान्न सकिन्छ ।
च्याटजिपिटीसँग ज्ञान र सूचनाको ठूलो भण्डार छ, जसबाट शिक्षा, स्वास्थ्य, प्रविधि, खेलकुदलगायत सबैखाले विषयका प्रश्नको उत्तर पाउन सकिन्छ ।
तपाईंलाई कविता लेख्न मन लागेको छ कि निबन्ध, यसले केही सेकेन्डभरमा नै तयार पारेर दिन्छ । एक सयभन्दा बढी भाषामा उपलब्ध भए पनि च्याटजिपिटी अंग्रेजीमा सबैभन्दा सटिक छ ।
कम्प्युटर प्रोग्राम भएकाले यसको उत्तर भने शतप्रतिशत सही नहुन सक्छन् । यसले रियल टाइम इन्फर्मेसन पनि दिन सक्दैन । अति व्यक्तिगत वा जटिल बनाइएका प्रश्नको पनि यसले उत्तर नदिन सक्छ । च्याट डट ओपनएआई डटकममा गएर एकाउन्ट बनाई यसको उपयोग गर्न सकिन्छ ।

के हो हाइड्रोजन ग्यास ? कसरी हुन्छ विष्फाेट ? (भिडियाे)

चीनले कसरी ल्यायो चन्द्रमाबाट माटो ?
अरुण र बरुण ग्रहमा जान किन सम्भव छैन ?

जेन जी – प्रविधिसँग अभ्यस्त पुस्ता
पत्नीका लागि बनाएका थिए ग्राहम बेलले टेलिफोन

कसरी गर्ने अनरिडल एआईको प्रयोग ?

२४३ भाषामा गुगल ट्रान्सलेट सुविधा
_FFlEJbOF2p_ef0qn9pytmvavljtsknhwuirxpskwi4wvj8yte2pjoaoir2atlciykdid5lu_BETsn68PwO_pnxqz7n1zsss4fyfw2k33uiay6pmsypm1jnykcm48nfniobfc7zwu89wllwf.jpg)
प्रतिक्रिया