मुठी दानको भरमा गुरुकुल
निःशुल्क आवासीय व्यवस्थासहित १५ जना विद्यार्थी गुरुकुलमा अध्ययन गरिरहेका
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित भम्केनीधाममा रहेको महाकाली शारदा विद्यापीठ वेद विद्याश्रम गुरुकुल आर्थिक अभावमा जेलिएको छ ।
वैदिक संस्कृत शिक्षा संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालित गुरुकुलमा २०७७ सालदेखि कक्षा ६ मा पठनपाठन भइरहेको गुरुकुलका अध्यक्ष मोहनचन्द्र जोशीले जानकारी दिनुभयो । ‘गुरुकुलीय शिक्षा पद्धतिमा आधारित भएर विद्यार्थीको नैतिक, चारित्रिक, धार्मिक, बौद्धिक विकास गर्नेलगायत कार्यक्रम सञ्चालन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई स्वावलम्बी र आत्मअनुशासित बनाउने उद्देश्य छ तर आर्थिक अभावले सञ्चालनमा कठिनाइ आएको छ ।’
उहाँका अनुसार निःशुल्क आवासीय व्यवस्थासहित १५ जना विद्यार्थी गुरुकुलमा अध्ययन गरिरहेका छन् । ‘गुरुकुलमा पठनपाठन गर्न भौतिक संरचनाको अभाव छ,’ जोशीले भन्नुभयो, ‘अहिले दाताको सहयोग र मुठी दानको भर छ ।’
नगरपालिकाबाट वार्षिक पाँच लाख रुपैयाँ प्राप्त हुने भए पनि उक्त बजेटमा चारजना शिक्षक र अन्य खर्च व्यवस्थापन गर्न नसकिएको उहाँको भनाइ छ । ‘हाम्रो योजना ३०÷४० जना विद्यार्थी राख्ने हो तर भौतिक पूर्वाधारको अभाव छ,’ उहाँले थप्नुभयो, ‘प्रदेश सरकारले निर्माण गर्न लागेको आठकोठे भवन पनि अधुरै छ ।’
गुरुकुलमा पाठयक्रमअनुसार नेपाली, अङ्ग्रेजी, गणित, कर्मकाण्ड, संस्कृत व्याकरण, नीतिशास्त्र र संस्कृत संरचनालगायत विषय पठनपाठन भइरहेका छन् ।

'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'

तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'

राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु

शिक्षामन्त्रीकाे निर्देशन– सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्नू

अन्तरबिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम
समृद्धि टिम च्याम्पियन

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

प्रतिक्रिया