ज्ञानकुण्ड विद्या मन्दिरले मनायाे अभिभावक दिवस
विद्यालयका प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
नागर्जुन नगरपालिका–१०, स्युचाटारस्थित ज्ञानकुण्ड विद्या मन्दिरको १३औं अभिभावक दिवस सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विशिष्ट नायक तथा नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा सञ्चालक समिति सदस्य गोपाल प्रसाद कँडेलले गर्नुभएको थियो ।
विशेष अवसरमा नायक खड्कालाई विद्यालय परिवारको तर्फबाट विशिष्ट सम्मान प्रदान गरिएको थियो । विद्यालयले कला क्षेत्रमा पुर्याएको योगदान र कलाकारितामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गरेको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रममा संस्थापक अध्यक्ष बुद्धिबहादुर के.सी., वर्तमान अध्यक्ष कृष्ण अधिकारी, सञ्चालक समिति सदस्य दीपबहादुर अधिकारी, वर्तमान प्रधानाध्यापक पार्वती कुँवर, शैक्षिक संयोजक रुद्रबहादुर मल्ल तथा अतिरिक्त क्रियाकलाप संयोजक शान्ति कार्कीको विशेष आतिथ्यता रहेको थियो ।
सांस्कृतिक कार्यक्रममा हास्य कलाकार तथा जादुगर राजेन्द्र गिरी (गुन्द्रुके), मोडल मिना गिरी, विश्वकै होचा व्यक्ति मनोज गोर्खाली, महेश राई (जोकर) तथा गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठलगायत कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो । उनीहरूको प्रस्तुतीले कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी तथा अतिथिहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो ।
विद्यालयका प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
साथै शिक्षक तथा अभिभावकहरूको विशेष नृत्य प्रस्तुतीले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो ।
कार्यक्रममा अतिथि कलाकार, शिक्षक, अभिभावक तथा कर्मचारीहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक शान्ति कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रधानाध्यापक पार्वती कुँवरले शुभकामना मन्तव्य दिँदै विद्यालयका शैक्षिक गतिविधि तथा भावी योजनाबारे प्रकाश पार्नुभएको थियो ।
आफ्नो मन्तव्यका क्रममा प्रमुख अतिथि रविन्द्र खड्काले विद्यालयले प्रदान गरेको सम्मानप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुतीले आफू निकै प्रभावित भएको बताउनुभयो । विद्यालय नै व्यक्तित्व विकासको आधारस्थल भएको उल्लेख गर्दै भविष्यमा कलाकार बन्न चाहने विद्यार्थीहरूलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठ, शैक्षिक संयोजक रुद्र बहादुर मल्ल, शिक्षक रुपेश कुँवर तथा विद्यार्थीहरूले संयुक्त रूपमा गर्नुभएको थियो ।
तेस्रो बालसाहित्य महोत्सव : बालसाहित्य र सम्पदा–संस्कृतिमा बहस
विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयकाे १० बुँदे निर्देशन
जाडाे बढेपछि मधेशका पालिकाले दिन थाले विद्यालय बिदा
करियर शिक्षा : भविष्यको नक्सा कोर्दै विद्यार्थी
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
प्रतिक्रिया